• होमपेज
  • समाचार
  • नक्कली सुन र लागुऔषध कोकिनसहित पाँच जना पक्राउ

नक्कली सुन र लागुऔषध कोकिनसहित पाँच जना पक्राउ

  • शनिबार, साउन ९, २०७८
नक्कली सुन र लागुऔषध कोकिनसहित पाँच जना पक्राउ

काठमाडौं — अवैध लागुऔषध र नक्कली सुनसहित प्रहरीले काठमाडौंबाट प्रहरी जवानसहित पाँच जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित होटलमा लागुऔषध कारोबार भैरहेको अवस्थामा प्रहरीले गोरखा घर भई सोही स्थानमा डेरा गरी बस्ने मन गुरुङको कोठाबाट नक्कली सुन र लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

ब्यूरोका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ स्थायी घर भई हाल नागार्जुन नगरपालिका–२ बस्ने २९ वर्षीय मुकुन्द खड्का, गोरखा नगरपालिका–८ का रेशमबहादुर राना, सुर्खेत गर्भाकोट नगरपालिका स्थायी घर भई नागार्जुन नगरपालिका– २ बस्ने २८ वर्षीय नन्दलाल मान्त, गोरखा आरुघाट–६ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका २ बस्ने ३२ वर्षीय प्रहरी जवान एकराज गुरुङ रहेका छन्।

उनीहरुको साथबाट अवैध लागुऔषध कोकिन ५०० ग्राम, सुनजस्तो देखिने पहेँलो धातु २ किलो ४०० ग्राम बरामद गरिएको श्रेष्ठले जानकारी दिए। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार