• होमपेज
  • समाचार
  • कर्णाली नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता

कर्णाली नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता

  • शनिबार, साउन ९, २०७८
कर्णाली नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता

बर्दियाको कर्णाली नदीमा नुहाउन गएका दुई जना बालबालिका बेपत्ता भएका छन् ।

गेरुवा गाउँपालिका-६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका इलाका प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आए लगत्तै खोजी सुरु गरिएको इप्रका पाताभारले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार