• होमपेज
  • समाचार
  • कार्यकाल सिदिने बेला सम्म पनि बनेन सदरमुकाम चैन्पुर रोड:जयपुथ्वी नगरपालिका मौन

कार्यकाल सिदिने बेला सम्म पनि बनेन सदरमुकाम चैन्पुर रोड:जयपुथ्वी नगरपालिका मौन

  • शुक्रबार, साउन ८, २०७८
कार्यकाल सिदिने बेला सम्म पनि बनेन सदरमुकाम चैन्पुर रोड:जयपुथ्वी नगरपालिका मौन

सदरमुकाम चैनपुरको मेन लोकतान्त्रिक चोक नजिकै, जिल्ला समन्वय समीतीको अघि, खुल्ला मञ्च, क्याम्पसरोड जाने बाटो, रिङरोड जाने बाटो, सुर्मा देवि मन्दिर अघि ठाँउ ठाँउमा ठुल ठुला भ्वाङ परेको ३ महिना भन्दा बढी भयो । बजार क्षेत्र भित्र मानिसहरुको पनि बाक्लो चाप हुने र सवारीका साधन ओहोर दोहोर भै राख्ने भएका कारण दुर्घटनाको समेत उत्तीकै जोखीम बढ्दै जान थालेको छ ।

ओलीको पसल नजीकै मेन चोकमा तिन चार पटक भन्दा बढी ठुलो दुर्घटना हुन बाट बचेको आफुले देखेको स्थानीय ब्यापारी गणेश राज जोशि बताउन्छन् । धेरै जस्तोले तिन चार पटक बाईक नै फालेका छन् , अटो र ठुला सवारीका साधनहरु पनि दुर्घटना हुन बाट बचेको बताउदै जोशिले यस्तै सडक रही रहेको खण्डमा एक दिन ठुलो दुर्घटना हुने बताए । यो जोखीम बजार क्षेत्र भरी छ । केही ब्यपारीहरुले आधा सडक ओगटेर विभिन्न सामानहरु राखेको विक्री गर्नुहुन्छ । अलिकती बचेको सडकमा पनि ठाँउ ठाँउ ठुल ठुला भ्वाङहरु परेका छन् । भएको नाली पनि ठाँउ ठाँउ विग्रीएको छ । नाली भएर बग्नु पर्ने पानी सबै सडकमा भएर बग्छ । यसले झन दुर्घटनाको जोखीम बढाएको छ ।

झण्डै २ बर्ष अघि मात्रै निर्माण भएको पिच सडकमा चैनपुर सहरी खानेपानी योजनाले पिच भत्काएर खानेपानीका पाईप लाईन गाढेपछि बजार क्षेत्र झन कुरुप बन्दै गएको जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दल बहादुर विष्टले बताए । उनले भने ‘पिच सडकमा खानेपानीका पाईपलाईन गाढेपछि पहीलेको भन्दा बजार क्षेत्रको सडक निकै विग्रीएको छ । झण्डै एक दुई बर्ष अघि मात्रै शहरी विकास तथा भवन डिभिजन कार्यलय बैतडीको पटक पटक गरी ६ करोड बराबरको लगानीमा सडक मर्मत तथा निर्माण गरेको थियो ’ ।

२१ करोडको लगानीमा चन्दा एण्ड बसन्ता निर्माण सेवा र ग्वाल्लेख निर्माण सेवाले चैनपुर शहरी खानेपानी योजनाको ठेक्का पाएको छ । हाल ग्वाल्लेख निर्माण सेवाले खानेपानी योजनाको काम गरी रहेको छ । खानेपानीका पाईप लाईन गाढेर राम्रो संग पिच नगर्दा बजार क्षेत्र भित्र ठाँउ ठाँउमा भ्वाङ परेका छन् भने ठाँउ ठाँउमा खाल्डाखुल्डी भएका कारण दुर्घटनाको जोखीम बढेको हो ।

यही बाटो भएर जिल्ला भित्रका मान्यगन्य, जनप्रतिनिधी, जिल्ला स्थीत ठुलठुला कार्यलयका प्रमुखहरु , नगरपालिका भित्रका जनप्रतिनिधीहरु दिनको ४।५ पटक भन्दा बढी ओहोर दोहोर गरी रहेका हुन्छन् तर यस विषयमा कसैको पनि ध्यान जान नसक्नु लज्जासपदको कुरा भएको महिला अधिकार मञ्चका अध्यक्ष जयन्ती जोशिले बताईन् । उनले भनिन् ‘एक दिन अघि मात्रै ओलीको पसल अघि नाबालक बोकेर हिड्दै गरेको एक महिला सडकको विचमा रहेको सरीयामा खुट्टा अड्कीएर बच्चा एक ठाँउ र आमा एक ठाँउ परीन् धन्न सामान्य चोट मात्रै लाग्यो । यस्तो यहाँ दिनानु दिन भै रहन्छ । यस प्रति स्थानीय सरकार, प्रशासन समेत मुकदर्शक भएर बसेको यहाँका स्थानीयको बुझाई रहेको बताईन् । साथै उनले सुरुमा जनप्रतिनिधी आउदा बजार क्षेत्र भित्रका नालीहरु साफ गर्ने, टहराहरु भत्काउने सडक चौडा पार्ने जस्ता थुप्रै योजना रहेका भएपनि कागज मै सीमित राखेको बताइन् ’।

यता जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले भने ‘ यस विषयमा आफुले पटक पटक निर्माण कम्पनीमा मुख्य ब्यक्तीहरु, खानेपानी विकास चैनपुर संग समन्वय गरी कुरा अघि बढाएको बताए । अबको एक दुई दिन भित्र नै विग्रीएको सडक जस्ताको त्यस्तै बनाउने सहमती समेत भै सकेको उहाँको भनाई छ ’ ।

तर यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने ‘अहिले सम्म यस विषयमा कसैले पनि चाँसो नदीएको तर प्रशासनको तर्फ बाट खानेपानी विकास समीती चैनपुरलाई पत्राचार गरी सकेको र जयपृथ्वी नगरपालिकाका जनप्रतिनिधीहरु संग पनी यस विषयमा कुरा गरी सडक तथा बाटो चाँडो भन्दा चाँडा मर्मत गर्नु पर्ने सल्लाह दिएको बताए’। ग्वाल्लेख निर्माण सेवाका ठेकदार सुरेश पन्तले भने ‘अहिले खानेपानी योजनाको ८० प्रतिशत काम मात्रै सम्पन्न भै सकेको र खानेपानीको काम सम्पन्न पश्चात आफुले विगारेको ठाँउहरुमा सडक मर्मत गरीने बताउनु भयो ’ ।

चर्चामा

सम्बन्धित समाचार