• होमपेज
  • राजनीति
  • संवैधानिक इजलासमा आजको बहस सकियो, निवेदकको समय २ घण्टा ३५ मिनेट बाँकी

संवैधानिक इजलासमा आजको बहस सकियो, निवेदकको समय २ घण्टा ३५ मिनेट बाँकी

  • शुक्रबार, असार ११, २०७८
संवैधानिक इजलासमा आजको बहस सकियो, निवेदकको समय २ घण्टा ३५ मिनेट बाँकी

प्रतिनिधिसभा विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीलाई छुट्याएको समय अब २ घण्टा ३५ मिनेट बाँकी छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका हुन् ।

शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन् । रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस आइतबार सकिने छ ।

चर्चामा

सम्बन्धित समाचार