• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा असार ८ गते देखि लागु हुने गरि निषेधाज्ञा खुकुलो पारियो

बाजुरामा असार ८ गते देखि लागु हुने गरि निषेधाज्ञा खुकुलो पारियो

  • आइतवार, असार ६, २०७८
बाजुरामा असार ८ गते देखि लागु हुने गरि निषेधाज्ञा खुकुलो पारियो

बाजुरा —  बैशाख २२ गते देखि जारी निषेधाज्ञा पसल तथा बजार खोल्न दिने गरी अर्को सुचना जारी नभएसम्मका लागि खुकुलो पारिएको छ । आइतबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बिहान ६ बजेदेखि अपरान्ह ६ बजेसम्म पसल तथा बजार खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन ।

जिल्लामा कोरोना संक्रमणदर कम हुदै गएपछि निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन एक हप्तामा ५१ जनाको परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण दर न्यून भएकोले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरिएको हो ।
असार ८ गतेबाट होटल तथा मदिरा पसल र सैलुन बहेक अन्य पसलहरु खुला राख्ने । जिल्ला भित्र सवारी साधन संचालन गर्न दिने । जिल्ला बाहिर जाने सवारी साधनले जिल्ला प्रशासन कार्यालय बाजुराबाट सवारी पास लिएर मात्र चलाउने । सरकारी तथा गैरसरकारी कार्यालयहरुले भिडभाड नहुने गरी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रबाह गर्ने निर्णय गरेको छ ।
त्यसै गरी कुनै स्थानिय तह तथा कुनै स्थानिय तहको वडाहरुमा कोरोना भाईस र संक्रमणको संख्या बढेको पाईएमा सम्बन्धित स्थानिय तह वा वडाले जुनसुकै बेला निषेधाज्ञा कडाई गर्न सकीने बताएका छन। बिद्यालयहरुलाई स्वास्थ्य साबधानी अपनाएर बिद्यार्थी भर्ना पाठ्यपुस्तक बितरण जस्ता कार्य अगाडी बढाउन स्थानिय तहले आवश्यक निर्देशन दिने र अनुगमन पनि गर्ने पठनपाठनको लागि भने भौतिक उपस्थिति नगराई बैकल्पिक उपाएहरु अवलम्बन गर्ने निर्णय गरेको छ ।
बजारमा मास्क नलगाई हिड्ने तथा मास्क नलगाएर सवारी साधन चलाउने तथा स्विकृति नलिई जिल्ला बाहिर सवारी साधन लैजाने सिट क्षमता भन्दा बढी यात्रु चढाउनेहरु माथि पूर्व सूचना बमोजिमको जरीवाना गर्ने कार्यलाई कायम राख्ने निर्णय गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार