• होमपेज
  • राजनीति
  • मैले नमस्कार भनेँ, मन्त्रीज्यूले घाँटीमै झम्टिनु भयो

मैले नमस्कार भनेँ, मन्त्रीज्यूले घाँटीमै झम्टिनु भयो

  • मङ्लबार, जेष्ठ २५, २०७८
मैले नमस्कार भनेँ, मन्त्रीज्यूले घाँटीमै झम्टिनु भयो

म नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटीको सचिव हुँ। म सुदूरपश्चिमको एमालेको पुरानो नेता पनि हुँ। तर, ममाथि सोमबार बेलुकी करिब साढे ६ बजे भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले कार्यकक्षभित्रै कुटपिट गर्नुभयो, जसले मलाई निकै मर्माहत बनाएको छ।

मंगलबार नेकपा माओवादीका नेतासमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले बिहान ९ बजे संसद्‌मा विश्वासको मत लिने कार्यक्रम छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्ने आशयको पत्र बुझाउन म सोडारीको कार्यकक्ष पुगेको मात्रै के थिएँ, उहाँले ममाथि आक्रमण गरिहाल्नु भयो।

नेकपा एमाले स्थायी कमिटीको सातौं बैठकले २०७८ जेठ १० को निर्णय अनुसार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई तल्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको थियो।

म भित्र पसेर मन्त्रीज्यू नमस्कार! हजुरसँग केही कुरा गर्नुछ भनेँ। उहाँले कुर्सीबाट उठेर सीधै मलाई झम्टिनु भयो। मेरो घाँटीमा समात्नु भयो।

यसैबीच २०७८ जेठ २५ गते बिहान ९ बजे मुख्यमन्त्री भट्टले विश्वासको मत लिने भन्ने जानकारी प्राप्त भयो। त्यस सन्दर्भमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ (१) र (२) एवं नेकपा एमाले संसदीय दलको विधान भाग २ को दफा ११ (१) को उपदफा झ बमोजिम ह्वीप जारी गर्न संसदीय दलका नेता र सचेतकलाई पार्टीले निर्देशित गरिएको पत्र तथा प्रदेशसभामा रहेका हाम्रा पार्टीका सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थित भई विश्वासको मतका विरुद्धमा मतदान गर्न ह्वीप जारी गरिएको पत्र बुझाउन जाँदा ममाथि आक्रमण भएको हो।

म त्यो बेलाको थोरै घटना दृश्य बताउन चाहन्छु। म गेटबाट भित्र छिरेँ। सुरक्षा गार्डलाई मन्त्रीजी भित्र हुनुहुन्छ कि भनेर सोधेँ। उहाँले भित्रै हुनुहुन्छ जानुस् न भन्नु भयो। मैले उहाँको कार्यकक्षको ढोका धकेले। स्लाइल डोर रहेछ। उहाँको सुरक्षा गार्डले स्लाइड गर्नुस् तब मात्रै ढोका खुल्छ भन्नु भयो। र, मैले त्यसै गरेर भित्र प्रवेश गरेँ।

सीसी क्यामेरामा हेरे हुन्छ। तर, उहाँको बोली व्यवहार सबै अभद्र थियो। सीसीटीभी क्यामेरामा मेरो कुनै गल्ती देखिए म जस्तो सुकै सजाय भोग्न तयार छु।

म भित्र पसेर मन्त्रीज्यू नमस्कार! हजुरसँग केही कुरा गर्नुछ भनेँ। उहाँले कुर्सीबाट उठेर सीधै मलाई झम्टिनु भयो। मेरो घाँटीमा समात्नु भयो। हातमा रहेको पत्र खोस्ने र च्यात्ने प्रयास गर्नुभयो। म बाहिर निस्किन खोजेँ। उहाँले आफ्ना गार्ड र सुरक्षाकर्मीलाई त्यसलाई भित्र तान भनेर उर्दी गर्नुभयो। मलाई भित्रै थुनेर कुटपिट गर्ने योजना रहेछ। उहाँले मेराे हातमा रहेका पत्र खाेस्दै च्यात्ने काेसिस गर्नुभयाे। केही पत्र च्यातिए पनि धन्न जसाेतसाे जाेगिएर बाहिर निस्कन सफल भएँ।

मैले मन्त्रालय र मन्त्री पदको मर्यादा सोचेर केही बोलिनँ। मैले केही गरिनँ। सीसी क्यामेरामा हेरे हुन्छ। तर, उहाँको बोली व्यवहार सबै अभद्र थियो। सीसीटीभी क्यामेरामा मेरो कुनै गल्ती देखिए म जस्तो सुकै सजाय भोग्न तयार छु। भएको यत्ति हो।

यो पनि पढ्नुस्, मन्त्री सोडारीले गरे एमाले प्रदेश सचिव रावलमाथि हातपात

अहिले आएर जो चोर उसैको ठूलो स्वर जस्तो भएको छ। आक्रमण गर्ने पनि उहाँ नै पहिले विज्ञप्ति जारी गरेर भ्रामक खण्डन गर्ने पनि उहाँ नै। मन्त्री जस्तो व्यक्ति पदको मर्यादा र गरिमा भन्ने चिज हुनुपर्छ नि। म अब उहाँविरुद्ध कानुनी उपचार खोज्ने छु। आजै अदालत जाँदैछु।

चर्चामा

सम्बन्धित समाचार