काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाईका लागि सोमबार संवैधानिक इजलास बस्दैछ । इजलासमा आज न्यायाधीश दिपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराइले आफ्नो राय दिँदैछन् ।
जेठ १८ मा कार्की र भट्टराइ राय सहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । आइतबार दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो ।
महान्यायाधीवक्ता रमेश बडाल सहितका सरकार पक्षका कानुन व्यवसायीले बाहेक हुनुपर्ने तर्क गरेका छन् । रिट निवेदक पक्षका कानुन व्यवसायीले आधारमा इजलास गठन भएको हुनाले मुद्दा हेर्न मिल्ने जिकिर गरेका थिए ।
त्यसबारे दुवै न्यायाधीशले आजको इजलासमा आफ्नो राय दिएपछि विघटन मुद्दाको सुनुवाई अगाडी बढ्ने छ ।
जेठ १८ मा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विघटनको मुद्दा हेर्दा ‘स्वार्थ नबाझिने’ राय दिएपछि भट्टराई र कार्कीले इजलास छाडेका हुन् ।
रिट, निवेदक तर्फका कानुन व्यवसायीले नेकपा विभाजन गर्ने मुद्दा फैसलामा गरेको हुनाले विघटनको मुद्दामा केसी र श्रेष्ठको सार्थक सरोकार रहेको दाबी गरेका थिए ।
इजलास गठनबारे प्रश्न उठेपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बरिष्ठताको आधारमा इजलास गठन गरेका हुन् । तर, बरिष्ठताको आधारमा गठन गरिएको इजलासबारे पनि सरकार पक्षले असन्तुष्टि जनाएको छ ।वरिष्ठताको