प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गर्न लागेको खबर आइरहेका छन्। उनले आफूसँग रहेका मौज्दात मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्य समेत गर्न थालेका छन्।
आफूसँग थप ७ मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेको स्रोतले बताएको छ।
जसअन्तरगत सुदूरपश्चिमबाट ४ जना एमाले नेताको मन्त्री बन्ने सम्भावना रहेको भन्दै एक नेताले बताएका छन।
सुदूरपश्चिम प्रदेशबाट नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापा, कैलालीका नारदमुनी राना, कञ्चनपुरकी निरु पाल र बाजुराका लालबहादुर थापालाई मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको उनले बताए।