बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • माधव निकट चार नेताको पत्रः कार्यदलको औचित्य छैन, वार्ता बन्द गरौं

माधव निकट चार नेताको पत्रः कार्यदलको औचित्य छैन, वार्ता बन्द गरौं

  • शुक्रबार, जेष्ठ २१, २०७८
माधव निकट चार नेताको पत्रः कार्यदलको औचित्य छैन, वार्ता बन्द गरौं

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट चार नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्न माग गरेका छन् ।

बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकालेका हुन् ।

‘…वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं’, पत्रमा उल्लेख छ । शीर्ष नेताहरुलाई निष्काशनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको पत्रमा उल्लेख छ ।

उनीहरुले कार्यदलका सदस्यहरुलाई समेत चेतावनी दिएका छन् । कार्यदलमा रहने नेताहरुले सबै केन्द्रीय सदस्यहरुको प्रतिनिधित्व गर्न नसक्ने पनि उनीहरुले उल्लेख गरेका छन् ।

२ जेठ २०७५ अगाडिको एमाले कायम भएर मात्रै समस्या हल नहुने पनि पत्रमा उल्लेख छ । राष्ट्रिय भेला, कर्णालीमा फ्लोर क्रस, राष्ट्रियसभा उपनिर्वाचनमा आफ्नै उम्मेद्वार र केपी ओलीलाई खराब प्रवृत्तिका नाइके घोषणा गरिनुको अर्थ २ जेठमा फर्कन मात्रै नभएको पनि संस्मरण गरिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार