• होमपेज
  • समाचार
  • चितवनमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

चितवनमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

  • शुक्रबार, बैशाख १०, २०७८
चितवनमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

निमोनियाको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् ।

कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार