• होमपेज
  • सुचना प्रबिधी
  • मौसम बदली कायमै, शुक्रबारसम्म चट्याङसहित हल्का वर्षा हुने

मौसम बदली कायमै, शुक्रबारसम्म चट्याङसहित हल्का वर्षा हुने

  • बुधबार, चैत्र ११, २०७७
मौसम बदली कायमै, शुक्रबारसम्म चट्याङसहित हल्का वर्षा हुने

आज पनि मौसम बदली कायमै रहेको छ । स्यानीयसँगै पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार बिहीबार र शुक्रबार पनि देशका पहाडी भूभागका केही ठाउँमा मौसम बदली भई मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।

आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेतसमेत गराएको छ ।

चर्चामा

सम्बन्धित समाचार