आइतवार, असार १४, २०८३
  • होमपेज
  • समाज
  • चार छोराछोरीसहित कर्णालीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शिशु

चार छोराछोरीसहित कर्णालीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शिशु

  • बिहिबार, चैत्र ५, २०७७
सेयर गर्नुहोस् :
चार छोराछोरीसहित कर्णालीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शिशु

आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्र्टमार्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ ।

सुकीले अघिल्लो आइबार छोरीहरु १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, १ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् । रिपोर्टअनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार गर्भपतन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार