एमाले र एमाओवादी मिसिएर बनेको नेपाल कम्युनिष्ट पार्टीले २०७४देखि सरकारको बागडोर समातेको थियो।त्यो बेला बिपक्षमा नेपली काँग्रेश थियो।उनिहरुले संसदभित्र भाँड भैलो गर्नेसम्म गरेकै हुन,तर त्यो भित्रै गरे त्यो बेलाको निर्वाचनमा जनमत निम्म अनुसार थियो।
१करोड५४लाख २७हजार७सए३१मतकुल६६%मतदान भयकोथियो।जसमा नेकपा एमाले३१७३४९४मत लिएर ठुलो दल भयो,नेपाली काग्रेसले३१२८३८९,र एमाओवादी १३०३७२९मत लिएर तेस्रो भयपनि एमाले र एमाओवादीको पार्टी एकताले गर्दा एकिकृत कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत प्राप्त भयो।त्यो बेला यिनि दुबै पार्टीले सैधान्तिक एकता गरेनन् बरु सत्ता सम्झौता गरेका हुँन।त्यो बेलामा हामिले यो बालुको गोला हो जति बेला सम्म यो चिसो हुन्छ गोला देखिन्छ पछि यो थोरै हावामा पनि बिख्रिन्छ भनेका थियौँ।यो उनिहरु बिचको अमेल एकतानै थियो त्यस्को अनत्य यस्तै हुनु थियो भयो।
यो हाम्रो देशको दुर्भाग्यानै हो जो आउँने वाला संकट देख्दा देख्दै पनि हामिले सम्लिन सकेनौ।अन्तत्व गत्वा दुर्घटना झेल्नु पर्यो र झेलि रहन्छौ।त्यहि अहिलेको पनि अबस्था हो।जनताले जानि-जानि क्षाणिक स्वर्थको लागि यस्ता नेताहरुलाई छानेर भुशुना बाट हात्थि बनाई दिन्छन त्यसैको परिणाम देशको दुरगिती भयकोछ।
अहिले देशमा पुषको५गते देखि संसद बिघटन गरेर त्यो दुई तिहाईको सरकार सडकमा छ।प्रतिपक्षमा काँग्रेशले पनि त्यो अहेम जिम्मेवारी निर्भा गर्न सकेको छैन।अहिले त्यही सरकार एउटा फुटेर एउटा गुट प्रतिपक्ष आर्को पुजिशन पक्ष बनेकोछ।अब नेपालको कम्युनिष्ट पार्टी प्रचण्ड पक्षले ओलिलाई आफ्नो पार्टीको सदस्यता समेत नरहने गरी कार्वाई गरि सकेकाछन।अनि नेपाल बन्द गरेर शक्ति प्रर्दर्शन गरे।ओलीले जन सभाहरुलाई धमाधम आयो जना गरेर चुनावको माहोल तैयार पार्दैछन।उनै बोक्सी उनै झाँक्रि भयको अबस्थाछ।यस्तो अबस्थामा को ठिक को बेठिक भनेर जनताले छुट्टाउँन सक्ने अबस्था छैन।उनिहरु दुबैको ब्यबहारले कम्युनिष्ट सँगको साईनो नभयको बताउँछ।
सबै भन्दा पहिले त यिनिहरु दुबै मध्य कुनै पनि कम्युनिष्ट होईन।त्यो हामिले मात्रै भनेकाछैनौ त्यो उनिहरु आफैले एक आर्कालाई बारम बार भन्दै आएको बिचारनै हो।तर उनिहरु सामन्यातः पुँजिवादी गणतन्त्रका ईमानदार संसदवादी दलपनि रहेनन् भनेर भन्न सक्ने अहिलेको यो माहोलले पनि पुष्टी गरेकैछ।
कति पय बुद्धिजीवी र पत्रकारहरुको भनाई सुनिन्छ “ओलिलाई कम्तिमा पाँच बर्षको कार्याकाल पुरा गर्न दिनु पर्थ्यो।”कस्ले रोक्यो?उनि आफैले संसद बिघटन गरेर मध्याब्दि निर्वाचन गराउँने असम्बैधानिक अलोकतान्त्रिक र तानासाहि पुर्वक फैसला गरेका हुँन।उन्लाई संसदमा प्रचण्डको गुटले काम गर्न दिएन भन्ने हो भने उन्ले आफुलेनै गरेको एकता हो त्यो।सरकार चलाउँन सक्ने उनमा क्षामता नभयपछि नै यो हरिबिगति भयो।अब को निर्वाचनमा के ग्यारन्टीछ उनको बहुमत आउँछ र उनैले पाँच बर्ष सरकार चलाउँनेछन।
यस बारेमा एउटा यो २०४८को उद्धारणलाई हेरौँ।तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला२०४८मार्गको१९-२४सम्म भारतको भर्मण गरेका थिए। त्यो बेला भएको टनक पुर सन्धि पछि नेपाली राजनीतिमा खेला बैला भयको थियो।देशभित्र त्यो हन्धिको ब्यपक बिरोध भयो।उन्ले आफ्नै कार्याक्रता सँग झुठ बोलेका थिए त्यो सन्धि नभयर एउटा मात्र सम्झौता हो भनेर।एमाले त्यो गिरजाको ब्यबहारलाई राष्टघाति भन्यो र खुब नारा लगाए”गिरिजाको बिरुद्धमा।पछि त्यहि सन्धि पारित गराउँन एमालेले न्वरान सम्मको बल प्रयोग गय्रो।जस्लाई २०५३असौजको४गते दुबै सदनको शयुँक्त बैठक द्धारा पारित गराउँन खडक प्रसाद ओलिले जोड लगाएर सारदा बाँध,पञ्चेस्वर परियोजना,समेत महाकालीको पुरा प्याकेज पारित गराए र ओलिले भारत बाट ठुलो जस पाएका थिए।काँग्रेसको आपसको कल्हले मध्याब्दि निर्वाचन २०५१निम्तायो त्यो मध्याब्दि निर्वाचनमा कसैलाई पनि पुर्ण बहुमत मिलिन र मनमोहन अधिकारीले अल्पमतको सरकार हात पारेका थिए।उति बेला काग्रेसको आपसि झग्डानै आत्मघाती बनेको थियो ठिक अहिले ओलिको संसद भङ गरेर आत्माघाति निर्णय गरेकाछन।परिणाम उन्को पनि अबस्था त्यस्तो नहोला भन्न गारैछ।
ओलिको अहिलेको ब्यबहार स्वायम ओलिकै लागि पनि ठिक होईन।पहिले टनक पुरमा जस लिएको जस्तै अहिले पनि साम्राज्याबादी सँग एक्लै जस लिने ओलिको धोको छैन भन्न सकिदैन।
अहिले सबै भन्दा पहिले उन्ले काला पानिको बिबाद बाट आफुलाई अलग गरिसकेका छन।त्यो बिगतमा पनि उन्ले जन दबाबमा उठाएको मुद्धा थियो।पछि छिमेकीको दबाबमा त्यो चिसो बाकसमा थन्काएकाछन।त्यसपछिको आर्को मुद्धाछ एम सीसी जो पारित हुन सकेकोछैन।एम सीसी को बिरोध उनैको पार्टीका नेताहरु बाट पनि भयको थियो।तर यसमा काग्रेश र प्रचण्डको समर्थन मात्र छैन प्रचण्डको कार्याकालको बेलामा एम सीसी सम्झौता भयकोछ भनेर सबैलाई प्रस्टनै छ।
एम सीसीको बोर्ड आफ डारेक्टरको२०१७ अगस्थमा बसेको बैठकले नेपाललाई लगभग ५०अर्बको अनुदान दिने प्रस्ताबलाई स्विकार गरेपछि एम सीसी र नेपाल सरकार बिच २०७४भाद्र२९गते”मेलिनियम च्यालेञ्ज कम्प्याक्ट”सम्झौता सम्पन्न भयको थियो।उक्त सम्झौतामा तत्कालिन अर्थ मन्त्री ज्ञानिन्द्र बहादुर कार्की र अमेरिकी एम सीसी कार्याक्रमका कार्यावाहक कार्याकारी अधिकृत जोनाथन नाशले हश्ताक्षर गरेकाछन।त्यो एमसीसी लाई ओलिको आगामि सरकारले पारित गराउँने पहिलो पार्थमिकता हुनेछ।यो पारित गराएर साम्राज्यावादी सँग जस लिन यि नेताहरु को तछाड मछाडनैछ।जो देशको लागि आत्माघाती हुनेछ।असलङ्गन राष्ट्रका लागि यो ब्यबहार धेरै नोक्सान देह हुँनेछ।आर्को अंग्रेज हरुको हालि मोहालि हुनेछ।
भारतिय “रअ” प्रमुक सामन्त कुमार गोयलको नेपाल भ्रमणको लगातै संसद बिघटन भयकोछ।पहिले नै ओलिले गरेको यो कृयाकलापले देश र दुनियको दुईवटा प्रमुख अहेम र अति सम्बेदन शिल मुद्धाहरु बाट ध्यान हटेकोछ।एउटा कालापनीको भुभाग जो नकस्मा समाबिष्ट भयो आर्को एमसीसीको बारेमा जो जनताले त्यसको ब्यापक बिरोध गर्दै थिए।देशमा जस्तो पहिले संघियता भित्रिदा पनि मधेशी आन्दोलन सँग झुकेर तत्कालिन आठ दलको अन्तरिम सरकारले अन्तरिम बिधानलाई सन्शोधन गरेर संघियता भित्राएर भारतलाई गुन लगाएको थियो।त्यो२०६३को मदेशि आन्दोलनमा उठेको माग थियो।पछि असौज २०७२मा सम्बिधानमा गणतन्त्र सँगै पारित गरियो।
यस्ता कयौँ मुद्धा हरुछन जो बिदेशी लाई खुसि पार्न लिएका मुद्धा हुँन।
आर्को हिन्दु धर्मको पनि उस्तैछ यसमा राजा वादीहरु र भारत अनि बिस्व हिन्दु परिषद समेतको ओलिलाई समर्थन हुनेछ।उनि त्यही समर्थनको बलबुतामा फेरी बहुमतमा आउँने भनेकाछन।जस्को उन्ले पसुपतिमा सवा लाख ज्वोत बालेर सङ्खनाथ गरिसकेकाछन।
अहिले यि सबै बिषय देश र देशमा आएको धर्म निरपक्षियता र गणतन्त्रलाई ठुलो खतराको रुपमा लिन सक्किन्छ।जनताले कस्लाई चुन्ने?यो जनताको अधिकारको कुराहो तर अहिले ओलि र प्रचण्ड शेरबहादुर जस्ता नेताहरुलाई जनताले मतदान गर्छन भने देश खतरा बाट खालिछैन भन्ने सोचे हुन्छ।अहिले देशभित्र को सरकार पक्षहो को सरकारको बिपक्षमा छ बुझ्न जनतालाई कठिन भयकोछ।बेलैमा देशका जनताले बुझेर राष्टियता र गणतन्त्रको हितमा एकजुटताको प्रदर्शन गर्दै राष्टघातिहरुको बिरुद्ध भन्डाफोर्ड गर्नै पर्छ।
अहिले देशमा बिघटित सन्सदको पुनर्वहाली र संघियता खारेजी का साथै बिदेशी साम्राज्यावादको चलखेलको बिरुद्ध सचेत र संगठित हुँनु पर्दछ।