शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धार्चुला र झुलाघाट नाका १० महिनापछि सुचारु

धार्चुला र झुलाघाट नाका १० महिनापछि सुचारु

  • शनिबार, माघ २४, २०७७
धार्चुला र झुलाघाट नाका १० महिनापछि सुचारु

नेपाल सरकारको निर्णयअनुसार नाका सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिए।

सरकारले यसअघि गत शुक्रबारदेखि नै दार्चुलासहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आएको हो।

नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ। उनले भने, ‘अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको हुनुपर्छ।’

भारतीय पक्षले सहमति जनाएपछि शुक्रबार पनि नाकामा आवतजावत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । #साभार

चर्चामा

सम्बन्धित समाचार