बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • क्रिकेट
  • लिग २ : अमेरिकाले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

लिग २ : अमेरिकाले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

  • शनिबार, जेष्ठ २, २०८३
सेयर गर्नुहोस् :
लिग २ : अमेरिकाले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं–लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै छ । अमेरकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।

आजको खेलमा नेपालका डा. इशान पाण्डेले ओडीआई डेब्यु गर्दै छन् । उनलाई करण केसीले डेब्यू क्याप दिइसकेका छन् ।

यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् । घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।

खेल टियू क्रिकेट मैदानमा साढे ९ बजेदेखि सुरु हँदैछ ।  आजको खेलमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी बेन्चमा रहने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार