• होमपेज
  • स्वामिकार्तिक खापर
  • मुक्तिकाेट परिवर्तनकाे वास्तबिकता

मुक्तिकाेट परिवर्तनकाे वास्तबिकता

  • शनिबार, बैशाख १३, २०८२
मुक्तिकाेट परिवर्तनकाे वास्तबिकता

बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ मा अबस्थित बिकराल, अव्यवस्थित, अनकन्तर, पिछडियको, दुर्गम , जोखिम बस्ति र ठाउँको अर्को उपनाम र बास्तबिकता हो मुक्तिकोट । करिब ५०० घरधुरी दलित समुदाय मात्र रहेको त्यो बस्ति गरीबी ,भोकमरि ,कुपोषण ,अशिक्षा ,प्राकृतिक बिपत्ति प्राकृतिक प्रकोप ,भौगोलिक बिकटता , परम्परागत कुसंस्कार ,अस्तब्यस्थ सामाजिक अबस्था र अबसरबादि राजनितिक को चङ्गोलमा परिरहेको छ । मुक्तिकोट रुपान्तरण का लागि बिगतका बर्षहरुमा सरकारि ,गैरसरकारी ,सामुदायिक र ब्यक्तिगत तबरबाट प्रयास नभएको पनि होइन ,तर बिडम्बना मुक्तिकोटको अबस्था जहाँको त्यहि छ किन ?
आउनुस समिक्षा गरम के मुक्तिकोटको बिकास ,रुपान्तरण ,परिबर्तन सम्भब छैन र ? छ , बास्तबमा ब्यक्तिगत , पारिबारिक ,चारित्रीक र मानबिय मुल्यमान्यताको बिकासमा ब्यक्ति स्वयम नै बढि जिम्मेवार हुन्छ । त्यसैले आफ्नो गाउँ ठाँउ निर्माण र बिकासको लागि सक्रिय सहभागिता र निस्वार्थ योगदान गर्ने बानिको बिकास गर्नु पर्छ र लाग्नुपर्छ । बिगत भन्दा अहिले त धेरै फलक छ । दिनप्रतिदिन मुक्तिकोटमा स्थायी रुपमा नेपाल सरकारको बिभिन्न सेवामा प्रबेश गर्ने क्रम जारि छ यो हाम्रो लागि खुसि र गौरभको विषय हो । झन्डै ३०/३५ जना स्थाइ र अस्थायी रुपमा सरकारि सेवा मा कार्यरत भए पनि हाम्रो समाजको अवस्था जस्ताको तेस्तै छ , किन ?

पहिलो पुस्ता भन्दा पछिल्लो पुस्ता कमजोर किन ?
बास्तबमा मानब वृद्धि बिकासको नियम अनुसार पुस्ता बिकास हुनु Generation Development स्वभाबिक विषय हो ,स्वभाबैले अघिल्लो पुस्ता भन्दा पछिल्लो पुस्ता सामाजिक ,भौतिक ,आर्थिक,शैक्षिक ,नैतिक ,राजनितिक,चेतनाको आधारमा बिकसित हुनुपर्छ । तर हाम्रो परिवेशमा यस्को उल्टो भएको देखिन्छ किन ? आउनुस समिक्षा गरम हिजोका ठालु भलाद्मी सामाजिक रुपमा अग्रसर भएका ब्यक्ति नत आफु राम्रो अबस्थामा पुग्नसके नत आफ्नो भाबि पुस्तालाइ सबल नै बनाउन सके किन ? के त्यो राजनितिक र सामाजिक अग्रसरता आफ्नो भबिस्य ,हक,अधिकार ,अन्याय अत्याचार र सामाजिक आर्थिक अबस्था बिकास र रुपान्तरण को लागि थियो ? थियो भने यो अबस्था कसरि आयो , किन परिबर्तन हुन सकेन ?बास्तबमा त्यो त केबल राजनितिक स्वार्थ प्रयोगको लागि मात्र थियो । मानौ त्यतिबेला त्यो स्तरको चेतनाको बिकास हुनसकेको थिएन अब त हामि सङ्ग सबैखाले चेतनाको स्तर बिकास भैसकेको छ नि अब के गर्ने भन्ने हाम्रो हातमा छ । चायो भने सम्भब छ तर त्यस्कोलागि हाम्रो पारिबारिक,सामाजिक, सास्कृतिक,आर्थिक,राजनैतिक ,शैक्षिक स्कुलिङमा भर पर्छ । अब सोच्नेबेला आयो नि के हामिले हाम्रो परिवार र समुदाय समाजमा सहि शिक्षा दिन सकेका छौ र ? हाम्रो ठाउँमा हिजोका दिनमा हुनेखाने साहुमहाजन पनि नभएको होइन तर त्यो अबस्था किन टिक्न सकेन ? कतै हामिले हाम्रो सम्पति को सहि सदुपयोग त गर्न सकेनौ ,हो बास्तबमा सम्पति समय को माग सङ्गै घड्बड हुनु ,त्यसको मान र मुल्यांकन तलमाथि हुनु, समयानुकुल लगानि गर्नु र त्यसको बिस्तार र वृद्धि गर्नु अर्थशास्त्र को बिस्वब्यापी नियम हो । तर हाम्रो सम्पति जुन बिन्दुमा उत्पादन भयो तेहि बिन्दुमा समाप्त भयो किन ? मानौ हिजिको दिनमा त्यो स्तरको चेतनाको बिकास भएन अब त भएको छ नि सोच्ने बेला आएको छ । हाम्रो गाउँ मा थोरै मात्रामा भएपनि केहि शिक्षित परिवार पनि नभएको होइन तर बिडम्बना ति शिक्षित परिवारका छोरा छोरि ले पनि शैक्षिक क्षेत्रमा उल्लेखनिय प्रगति गरेको देखिदैन जस्को असर अन्य उनिहरुको आफन्त छर छिमेकमा फैलिदा केहि मात्रामा भएपनि समाज पछाडि धकेलियो ।
किनकि सामाजिक अगुवा, राजनितिक ब्याक्तित्व ,शिक्षित बर्ग ,धनिमानि बर्गले नै समाजमा द्धन्द फैलाउने, झैझगडा गर्ने ,जारिचोरि गर्ने ,गलत काम रअन्याय अत्याचार लाइ पृष्ठपोषण गर्ने , राजनितिक स्वार्थमा लिप्त हुने,बिकास निर्माण कार्य चुस्तदुरुस्त र पारदर्शी नगर्ने जस्ता कुकर्मले हाम्रो समाज परिबर्तन हुन सकेको छैन र अब नयाँ पुस्ताले सोचेन भने हुनेवाला पनि छैन।

मुक्तिकोटको लागि राज्य
मुक्तिकोटको लागि तिनै तहको सरकार मुखदर्सक मात्र हो बाकि केहि हुनेवाला छैन । नाम बेचेर दाम कमाउने धन्दा बाहेक अरु केहि हुनेवाला छैन । किनकि त्यो ठाउँ मा जन्मिनु र हाम्रा पुर्खाहरु बस्नुनै गलत भो । एउटा मात्र समस्या बोकेर त्यो ठाउँ बसेको छैन बिकराल अबस्थाको भुमरिमा छ । भोट माग्नकोलागि बिभिन्न जुक्ति युक्ति लगाइयो तर कुनै पनि तहको सरकारबाट माखा पनि मरेन । बास्तबमा मुक्तिकोटको बिकासको लागि दिर्घकालिन योजना सोच बिचार अझै पनि बन्न सकेको छैन यो दुखदायि विषय हो ।

मुक्तिकोटको अबस्था परिबर्तनको लागि के गर्ने ?
१ बालबिबाहको अन्त्य गर्ने
२ सामाजिक एकता कायम गर्ने
३ लेखतिर प्रत्यक घर परिवारले कम्तिमा पनि ५०० बोट स्याउ ओखरको आधुनिक बगैचा स्थापना गर्ने
४ नयाँ नयाँ ब्यापारिक केन्द्रको खोजि गरि ब्यापार ब्यबसाय संचालन गर्ने
4 भेडा बाख्रा पालन गर्ने
५ कुखुरा पालन गर्ने
६ रैथाने बालिको खेति गर्ने
७ सक्षम जनसंख्या सबै लाइ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक आम्दानिमा संलग्न गर्ने
८ समाजमा सुशासन कायम गर्ने
९ प्रत्येक नयाँ पुस्ताले कम्तिमा पनि स्नातक तह सम्मको अध्ययन अनिबार्य गर्ने
१० युबाहरु कुनै पार्टी को पनि राजनितिक कार्यकर्ता भएर नलाग्ने
११ आफ्नो आर्थिक अबस्था र योग्यताको आधारमा लोकसेवाको तयारि गर्ने र लोकसेवा लड्ने
१२ अबको नयाँ पुस्ताले करारमा जागिर खाने परम्परको अन्त्य गर्ने
१३ गाउँ टोल छर छिमेकमा मद्देपान नियन्त्रण र सके सम्म प्रयोग नगर्ने
१४ समाजमा गलत काम गर्ने जो कोहिलाइ पनि संरक्षण नगरेर कानुनि उपचार गर्ने ।
१५ देश तथा बिदेशमा रोजगारिका नयाँ नयाँ गन्तब्यमा गइ आफ्नो ब्यक्तिगत तथा पारिबारिक जिबनस्तर सुदृढ बनाउने
१६ बनजङ्गल फडानि नगरि बृक्षारोपण गर्ने र सार्बजनिक सम्पतिको सुदृढीकरण गरि आम्दानिको बाताबरण तयार गर्ने ।
१७ बिकास निर्माणकार्य दिगो र पारदर्शी बनाउने
१८ आफ्ना सन्तानलाई असल शिक्षा र संस्कार दिने
१९ आफ्नो परिश्रम र कर्म बाहेक मागिखाने प्रथाको अन्त्य गर्ने
२० बिकास निर्माण र सामाजिक कार्यमा समान सहभागिता सुनिश्चित गर्ने
२१ पावर र पहुँचको आडमा राजनितिक हस्तक्षेप नाताबाद कृपाबाद र चाकरि बादको अन्त्य गर्ने
२२ आफ्नो अवस्था आम्दानि लगानिको आधारमा जिबन जिउने संस्कारको बिकास गर्ने
२३ कुनै पनि राजनितिक स्वार्थ आग्रह पुर्बाग्रह र लोपलालचमा नपरि आफ्नो हक अधिकार र बिकास निर्माण को लागि स्वतस्फूर्त रुपमा निडर भएर लाग्ने र सक्षम नेतृत्व निर्माणमा योगदान गर्न ।

अन्त्यमा मुक्तिकोटको बिकासको लागि राज्यको तर्फ बाट मात्र सबैकुरा सम्भब छैन यसकोलागि ब्यक्तिगत र सामुहिक रुपमा पनि त्यतिकै भुमिका चाहिन्छ । देखावटी रुपमा सानो तिनो राहत मुखि कार्यक्रमले क्षणिक फाइदा भएपनि त्यहाको माग आबश्यकता बस्तुस्थितिको बारेमा अध्ययन गरि दिर्घकालिन योजना निर्माण गरि लाग्नु हामि सबैको कर्तव्य र जिम्मेवारि हो ।

चर्चामा

सम्बन्धित समाचार