• होमपेज
  • समाज
  • धनगढीमा बाजुराकी एक किशोरीमाथि करणी

धनगढीमा बाजुराकी एक किशोरीमाथि करणी

  • आइतवार, माघ २७, २०८१
धनगढीमा बाजुराकी एक किशोरीमाथि करणी

धनगढी– धनगढीमा १४ वर्षीया किशोरीलाई करणी गरिएको छ। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्दै आएकी बाजुराकी एक किशोरीमाथि करणी गरिएको घटना सार्वजनिक भएको हो।

 धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरिएको प्रहरीले जनाएको छ। उनीमाथि १८ वर्षीय किशोरले बिहीवार साँझ जबरजस्तीकरणी गरेका हुन। स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिडे मारिदिने धम्की दिएकाे प्रहरीले बताएको छ।

त्यसपछि उनी युवकसँगै उनको घर पुगेकी थिइन्। किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेका छन्। पीडित किशोरीले शनिवार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शनिवार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए।

किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए। पीडित किशोरी धनगढीमा कक्षा ७ मा अध्ययन गर्दै आएकी छन्।

चर्चामा

सम्बन्धित समाचार