सोमवार, असार २९, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कालीकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

कालीकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

  • सोमवार, असार २९, २०८३
सेयर गर्नुहोस् :
कालीकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

कालीकोट–कालीकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् ।

उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए । घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलमुडी, कालिकोटबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उक्त पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरी निकालेको थियो ।

पहिरोका कारण घट्टको आधा भागसमेत पुरिएको छ। उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार