सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रियसभामा आज उपाध्यक्षका लागि निर्वाचन हुँदै

राष्ट्रियसभामा आज उपाध्यक्षका लागि निर्वाचन हुँदै

  • बुधबार, चैत्र २८, २०८०
राष्ट्रियसभामा आज उपाध्यक्षका लागि निर्वाचन हुँदै

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षका लागि निर्वाचन हुनेछ । जसका लागि राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले ‘बिष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।

यस्तै, सांसद भगवती न्यौपानेले ‘विमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसपछि बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जुन प्रस्ताव बहुमतले पारित हुन्छ सोही प्रस्तावका उम्मेदवार विजयी हुनेछन् । राष्ट्रियसभामा हाल ५८ जना सांसद छन् । एकजना भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ । राष्ट्रियसभा सदस्यमा पुडासैनी नेपाली कांग्रेसबाट र घिमिरे सत्ता गठबन्धनमा एमालेका तर्फबाट उम्मेदवार रहेका छन् ।

यस्तै आजको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले जानकारी गराउने छन् । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षका लागि निर्वाचन हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार