सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • ट्याक्सी दुर्घटनाका ५ जना मृतकको पहिचान, एक जना बेपत्ता

ट्याक्सी दुर्घटनाका ५ जना मृतकको पहिचान, एक जना बेपत्ता

  • शनिबार, चैत्र १७, २०८०
ट्याक्सी दुर्घटनाका ५ जना मृतकको पहिचान, एक जना बेपत्ता

काठमाडौं — त्रिशूलीमा ट्याक्सी खसेर मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना-५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा गोरखा नगरपालिका-४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, हरिमाया रोका, याङ्कोटककी २८ वर्षीया अन्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटी रहेका छन् ।

दुर्घटनामा एक जना बेपत्ता भएका छन् । उनी पनि गोरखाकै फिनामका विवश रोका रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता विवशको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किंदै गर्दा दुर्घटना भएको हो ।

अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए ।

खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार