शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला

कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला

  • बिहिबार, चैत्र १५, २०८०
कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला

धनगढी —कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय शाही सोमबार होलीको दिन कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । घटनालगत्तैदेखि उनको खोजी कार्य सुरु गरिएको थियो । होलीको रमझममा पुल माथिबाट शाहीसँगै १७ जनाले नदीमा हाम फालेका थिए ।

पुल नजिक खटिएका प्रहरीलाई युवाहरुको समूहले एकछिन फोटो खिच्छौ भनेर पुलमाथिबाट फटाफट नदीमा हाम फालेका थिए । कान्तिपुर

चर्चामा

सम्बन्धित समाचार