शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका स्थानिय तहका कर्मचारीले मन्त्री जोशी र सांसद पाण्डेलाई बुझाए ४ बुदे ज्ञापन पत्र

बाजुराका स्थानिय तहका कर्मचारीले मन्त्री जोशी र सांसद पाण्डेलाई बुझाए ४ बुदे ज्ञापन पत्र

  • बुधबार, चैत्र १४, २०८०
बाजुराका स्थानिय तहका कर्मचारीले मन्त्री जोशी र सांसद पाण्डेलाई बुझाए ४ बुदे ज्ञापन पत्र

बाजुरा– बाजुरा जिल्लाका स्थानिय तहका कर्मचारीहरुले बिभिन्न माग राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र प्रतिनिधिसभा सदस्य बद्रीप्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाएको छन ।
संघबाट स्थानिय तहमा समायोजन भएका कर्मचारीहरु हुनुपर्ने निजामती सेवामा समेटिनुपर्ने लगायतका मागहरु सहित ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा संघबाट स्थानिय तहमा समाचायोजना भएका कर्मचारीहरु संघकै कर्मचारी हुनुपर्ने, निजामती सेवामा समेटिनुपर्ने उल्लेख गरेका छन ।

संघबाट स्थानिय तहमा समायोजन भएका कर्मचारीहरुको संघकै कर्मचारी अनुसार चक्रिय प्रणालीमा सरुवा बढुवा हुनुपर्ने, नियुक्ती हुदाका बखत जुन कानुन र ऐन नियमावली बमोजिम गरिएको हो सोही बमोजिम सेवा सुबिधा हुनुपर्ने , २०८० मकाघ १२ गते सर्वोच्व अदालतले दिएको ११ बुदे निर्देशनात्मक निजामती ऐन २०८०को बिधायकमा समेट्नुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्ले्ख गरिएका छन ।
यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ज्ञापन पत्र बुझ्दै सुझाव सहित मन्त्रालयमा पठाउनुपर्ने बताएका छन । प्रत्यक जिल्लाबाट र स्थानिय तहबाट आएका सुझाव अनुसार आबस्यक प्रक्रिया अगाडी बढाउन तत्वर रहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार