बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • प्रलोभनमा पारेर विवाह, पछि बेचबिखन

प्रलोभनमा पारेर विवाह, पछि बेचबिखन

  • बिहिबार, चैत्र ८, २०८०
प्रलोभनमा पारेर विवाह, पछि बेचबिखन

काठमाडौं– मानव बेचबिखनको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासीको कावासोती नगरपालिका-८ घर भइ हाल पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्री रहेका छन्।

काठमाडौंबाट पोखरामा साथी भेट्न जाने क्रममा उनले आफूसँगै सिट परको युवतीलाई विभिन्न प्रलोभन पारेर नजिक बनाएका थिए। उनले युवतीलाई ‘आफू अविवाहित रहेको, तिमी मलाई मन पर्‍यो म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मृगौलाको उपचार गर्ने मैले डाक्टर चिनेको छु’ भनेर बुटवल पुर्‍याएका थिए। उनले बुटवल पुर्‍याएर ती युवतीसँग विवाह गरेका थिए।

उनले आफन्तहरुबाट सापट मागेर युवतीको बहिनीको उपचारका लागि ७० लाखभन्दा बढी पैसा जम्मा गरिदिएको छु भनेर ६ लाख रुपैयाँ लिएका थिए। विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटक पटक नेपालको सीमा नजिक भारतको बजार पुर्‍याएकोमा चेलिबेटी बेचबिखन विरुद्ध संस्थामा कार्यरत महिलाहरुले बेचबिखनमा पर्न सक्ने जानकारी गराएपश्चात नेपाल फर्की आएको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भक्तपुरको दुधपाटीबाट पक्राउ गरेको हो।

चर्चामा

सम्बन्धित समाचार