• होमपेज
  • समाचार
  • प्रधानमन्त्रीलाई ‘फटाहा’ भनेपछि कांग्रेस सांसदले गरे नियमापत्ति

प्रधानमन्त्रीलाई ‘फटाहा’ भनेपछि कांग्रेस सांसदले गरे नियमापत्ति

  • बिहिबार, फाल्गुन १०, २०८०
प्रधानमन्त्रीलाई ‘फटाहा’ भनेपछि कांग्रेस सांसदले गरे नियमापत्ति

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ब्यङ्ग्य गर्दै गरेको प्रयोग गरेको शब्दप्रति सत्तारुढ दलहरुले आपत्ति जनाएका छन् ।

राप्रपाकी सांसद कार्कीले प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेकी थिइन् । त्यसपछि कांग्रेसकी सचेतक शुशिला थिङले नियमापत्ति गरिन् ।

‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । तयसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ कांग्रेस सचेतक थिङले भनिन् ।

सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । साथै सिंगो सदनको ध्यान आकृष्ट गराएको भन्दै एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई बोल्न दिए ।

सभामुखको भनाइमा चित्त नबुझाएर कांग्रेसकै सांसद देवप्रसाद तिमिल्सनाले पनि नियमापत्ति गर्न खोजे । तर सभामुखले समय दिएनन् । ‘ध्यानाकर्षण भयो मैले भनिसकेँ । अब यसमा धेरै अगाडि नजाऔं । ध्यान आकृष्ट भएको छ । ध्यान पुर्‍याएर सम्पूर्ण माननीय सदस्यले आफ्नो कुरा राख्दा राख्नुहुनेछ’ सभामुख घिमिरेले भने ।

आसनबाट उठेर कांग्रेस सांसद तिमिल्सनाले प्रधानमन्त्रीका सम्बन्धमा प्रयोग भएको गलत शब्द हटाएर जानुपर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार