बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदहद्वारा राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई सम्मान

खप्तड छेडेदहद्वारा राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई सम्मान

  • सोमवार, माघ २९, २०८०
खप्तड छेडेदहद्वारा राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई सम्मान

बाजुरा—  बाजुराकाे खप्तड छेडेदह गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । कोल्टीमा सम्पन्न १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा पालिकाबाट सहभागि मध्येबाट पदक विजेता खेलाडीलाई पालिकाले नगद सहीत सम्मान गरेको गाउँपालिकाले जनाएकाे छ ।

आज एक औपचारिक कार्यक्रमका बीच खेलाडीलाई गाउँपालिका अध्यक्ष दील बहादुर रावत, उपाध्यक्ष बिशु नाथ, प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्याय सहीतले सम्मान र बधाई ज्ञापन गरेको छ ।

खप्तड छेडेदहले यो शिल्डमा ८ स्वर्ण, १४ रजत र ४ कास्य गरि २६ पदक हात पारेको थियो । भने सहभागि नौ वटा पालिका मध्ये तृतीय स्थान ल्याउन सफल भएको थियो । साथै पालिकाले अनुशासन विधामा समेत उपाधी जितेको थियो । पालिकाले तीन वटा विधामा स्वर्ण जित्न सफल सिर्जना कुमारी बुढाथोकीलाई उत्कृष्ट खेलाडी सम्मान स्वरुप नगर ४ हजार सहीत सम्मान गरेको छ ।

त्यस्तै एकल विधामा गोल्ड पाउनेलाई ३ हजार नगद, रजत पाउनेलाई २ हजार र काश्य पाउनेलाई १ हजार नगद सहीत सम्मान गरेको हो । यस्तै सामुहीक विधामा स्वर्ण पाउनेलाई प्रतिव्यक्ति १ हजार ५ सय र रजत काश्य पाउनेलाई एक हजार नगद सहीत सम्मान गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन् ।

खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान गरिएको अध्यक्ष रावतले बताए । गाउँपालिकाबाट यो वर्ष क्षेत्रीय खेलका लागि ११ जना खेलाडी छनोटमा परेका छन् । आजै प्रमुख प्रशासकीय अधिकृतको रुपमा नन्दकृष्ण पाध्यायले पहिलो दिन पालिकामा हाजिर लगाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पाध्यायलाई गाउँपालिका अध्यक्ष दीलबहादुर रावत, उपाध्यक्ष बिशुदेवी नाथ, कार्यपालिका सदस्य सहीत कर्मचारीले स्वागत गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार