शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • शान्ति सेवा गृहद्धारा खप्तड छेडेदहका भूकम्प पिडितलाई राहत वितरण

शान्ति सेवा गृहद्धारा खप्तड छेडेदहका भूकम्प पिडितलाई राहत वितरण

  • आइतवार, माघ १४, २०८०
शान्ति सेवा गृहद्धारा खप्तड छेडेदहका भूकम्प पिडितलाई राहत वितरण
राहत वितरण गर्दै दल बहादुर धामी वडा अध्यक्ष खप्तड छेडेदह गाउँपालिका ४

बाजुरा —बाजुराको खप्तड छेडेदह गाउँपालिकाका भूकम्प पिडित परिवारहरुलाई राहत सामग्री वितरण गरिएको छ । शान्ति सेवा गृह काठमाडौं सहयोगमा भुकम्प पिडितहरुलाई राहत सामग्री वितरण गरिएको हो ।

गाउँपालिकाको ७ वटै वडाका करिब ५ सयबढि भूकम्प पिडित परिवारहरुलाई त्रिपाल, लत्ताकपडा, सिलिपिङ व्याग लगायतका सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गत असोज १६ गते मंगलबार दिउँसो बझाङ केन्द्र बिन्दु बनाएर गएको ६.३ म्याग्निच्युडकोे भूकम्पबाट प्रभावित दलित समुदाय, विपन्न परिवारहरुलाई शान्ति सेवा गृहको सहयोग र विभिन्न व्यक्ति संस्थाको समन्वयमा त्रिपाल, लत्ताकपडा, सिलिपिङ ब्याग लगायतका सामग्री वितरण स्थानिय सामाजिक अगुवा रुपेश धामीले बताएका छन ।

उक्त भुकम्पबाट खप्तड छेडेदह गाउँपालिकामा मानविय क्षेति नभएपनि ठुलो मात्रामा जिल्लाको सबैभन्दा बढि भौतिक क्षेति भएको थियो । भुकम्पका कारण पूणर् रुपमा घर भत्केका केहि परिवारहरु अहिलेसम्म पनि त्रिपाल हालेर बाहिर सडक, चौर तथा खुल्ला आकाशमा रात बिताइरहेकाले तिनिहरुलाई राहत वितरण गर्ने कार्य जारी रहेको र थप विभिन्न संघ संस्थाहरुसंग समन्वय गरि राहत समाग्री उपलब्ध गराउने गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन ।

खप्तड छेडेदहका भूकम्प पिडितहरुलाई यस अघि पनि विभिन्न संघ संस्थाहरुको सहयोगमा विभिन्न चरमा राहत सामग्री वितरण गरिएको थियो ।

उक्त भुकम्पका कारण गाउँपालिकाका ७ वटै वडामा ३ सयबढि घरहरु पूर्ण रुपमा भत्किएका छन भने १ हजार ९ सय ७२ घर चिराचिरा परेर जोखिमपूणर् रहेका र १ हजार ३ सय २५ बढि घरहरुमा सामान्य क्षेति गाउँपालिकाले जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार