बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी वडा अध्यक्ष रावलको ओखर स्याउकाे बगैँचा

राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी वडा अध्यक्ष रावलको ओखर स्याउकाे बगैँचा

  • सोमवार, पुस ९, २०८०
राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी वडा अध्यक्ष रावलको ओखर स्याउकाे बगैँचा

बाजुरा– खप्तड छेडेदह गाउँपालिका १ का निर्बाचित वडा अध्यक्ष वीर बहादुर रावलले खप्तड राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेर आफ्नो निजी ओखर र स्याउ बगैचा बनाएको छ । अध्यक्ष रावलले खप्तड राष्ट्रिय निकुञ्ज भित्रको वन क्षेत्र अतिक्रमण गरी आफ्नो श्रीमतीका नाममा रहेको खप्तडबाबा बहुउदेस्यीय कृषि तथा पशुपन्छी र्फम संचालन गर्दै आएको श्रोतले जनाएको छ ।
निकुञ्जको क्षेत्रसंगै जोडीएको केही भाग अध्यक्ष रावलको नाममा भए पनि बाँकी भुभाग खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्र रहेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय बाजुराले जनाएको छ । नाप जाँच गर्दा अतिक्रमण भएकोे देखीएपछि स्थलत गत अवलोकन गरेर रिर्पोट पठाएकोले अनुसन्धानको क्रममा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयलाई अतिक्रमीत बन क्षेत्रको चारकिल्ला सहित क्षेत्रफल एकीन गर्न जिल्ला नापी कार्यालय बाजुरालाई अनुरोध समेत गरेको जनाएको छ ।
जिल्ला नापी कार्यालय बाजुराका अनुसार नापी कार्यालय बाजुरा खप्तड राष्ट्रिय निकुञ्जको प्राबिधीक सहितको संयुक्त टोलीले सो अतिक्रमित वन क्षेत्रको अनुगमन समेत गरिएको जिल्ला नापी कार्यालयका कार्यालय प्रमुख सुरेश विश्वकर्माले बताए । प्राबिधिक टोलिले गरेको अनुगमनका अधारमा केही भुभाग वडा अध्यक्ष रावलको भए पनि बाँकी भुभाग सार्वजनिक वन क्षेत्र भएको बताए । अतिक्रमित वनको क्षेत्रफल धेरै ठेलो भएकोले नापी कार्यालय बाजुरासंग भएको प्रबिधिले नाप्त सम्भव नरहेको प्रमुख विश्वकर्माले बताए । उनले भने आफुसंग फेता थियो त्यो फेताले नाप्त सम्भव नभएको बताए ।
अध्यक्ष रावतले आफ्नो श्रीमती यसोदा रावलको नाममा खप्तडबाबा बहुउदेस्यीय कृषि तथा पशुपन्छी र्फम संचालन गरी सुदुरपश्चिम प्रदेश र जिल्ला कृषि ज्ञान केन्द्रबाट पटक पटक अनुदानका कार्यक्रम ल्याएर राष्ट्रिय निकुञ्जको बन क्षेत्रमा निजिकरण गर्दै आएको थाहा पाएपछी निकुन्जले कानुनी प्रक्रिया अवलम्बन गरेको जनाएको छ । बर्षेनी सरकारी अनुदान लिदै निकुञ्जलाई निजीकरण गरेर र्फम संचालन गरेको भन्दै अक्तियारमा उजुरी समेत परेको छ ।
उजुरी पश्चात खप्तड राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै वडा अध्यक्ष रावलकी श्रीमती यसोदा रावलले खप्तडबाबा बहुउदेस्यीय कृषि तथा पशुपन्छी र्फमको क्षेत्रफलको जाच बुझ्का लागि पत्राचार गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय बाजुराका अनुसार फर्म संचालन गरेको जमिन केही आफ्नो नाममा र अरु सबै जमिन खप्तड राष्ट्रिय निकुन्जको मध्यवर्ती बन क्षेत्र फडानी गरी बनाईएको सुचना प्राप्त भएको जनाएको छ । सो जंगल फडानी गरि ओखर र स्याउ खेती गरेको फिल्ड निरीक्षण गर्दा र्फमले चर्चेको जमिन एकीन गर्न नापी कार्यालयलाई अनुरोध गरेको जनाएको छ ।
उच्च खनत्व नमुना फलफुल तथा बैगचा स्थापन हिमाली क्षेत्र कार्यक्रम अन्तरगत अध्यक्ष रावलकी श्रीमती यसोदा रावलको नाममा रहेको खप्तडबाबा बहुउदेस्यीय कृषि तथा पशुपन्छी र्फमका नाममा आर्थिक बर्ष २०७९/२०७९ मा सुदुरपश्चिम प्रदेश सरकारले सिधै नाम किटान गरेर २० लाख २ हजार ९ सय ४८ रुपिया बिनियोजन भएकोमा १५ लाख २ हजार ६ सय ८९ रुपिया भुक्तानी भएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जानकारी दिएको छ ।
स्याउ खेती कार्यक्रम अन्तरगत सोही क्षेत्रमा रहेको अर्को वडा अध्यक्ष रावलका दाई कृष्ण रावलको सचिदानन्द बहुउदस्यि कृषि तथा पशुपन्छी र्फमको नाममा अर्थिक बर्ष २०७९/२०८० मा रु १५ लाख ९५ हजार सुदुरपश्चिम प्रदेश सरकारले सिधै तोकेर बजेट बिनियोजन गरेकोमा कामको आधारमा ७ लाख ३० हजार भुक्तानी भरिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले बताएकोे छ ।

चर्चामा

सम्बन्धित समाचार