शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले लिए शपथ

  • बिहिबार, पुस ५, २०८०
सेयर गर्नुहोस् :
सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले लिए शपथ

काठमाडौँ  —सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

पद तथा गोपनीयताको शपथ लिनुहुने न्यायाधीशहरुमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनीहरुलाई न्यायाधीश पदमा नियुक्ति गरेका थिए ।

बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार