सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका भुकम्पबाट पिडीत १ सय ५६ परिवारलाइ राहत वितरण

बाजुराका भुकम्पबाट पिडीत १ सय ५६ परिवारलाइ राहत वितरण

  • आइतवार, पुस १, २०८०
बाजुराका भुकम्पबाट पिडीत १ सय ५६ परिवारलाइ राहत वितरण

बाजुरा– बडिमालिका फाउण्डेशन मार्फत बाजुराका १ सय ५६ परिवार भुकम्प पिडीतलाई राहत वितरण गरिएको छ । बडिमालिका फाउण्डेशनको सहकार्य तथा नेपाल राईजिङको सहयोगमा भुकम्प पिडीतहरुलाई दोस्रो चरण राहत बितरण गरिएको हो ।
जिल्लाका बुढिगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, बडिमालिका नगरपालिकाका र गौमुल गाउँपालिकाका गरी १ सय ५६ परिवारलाई राहत साम्रगी बितरण गरिएको बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष पदम बहादुर सिहंले बताए ।

No description available.

राहत साम्रगी ढुवानीका लागि साउथ कोरीयामा बस्दै आएका नेपाली नागरिक समाजसेवी हसन चौधरीले सहयोग गरेका थिए । अन्य राहत साम्रगी नेपाल राईजिङले गरेको बडिमालिका फाउण्डेशनका सचिव लक्ष्मीराज पाध्यायले बताए । राहत साम्रगीमा प्रति ब्यक्ती ५० किलो चामल, दाल, तेल, नुन लुगा धुने साबुन, नुहाउने साबुन प्रती परिवार एक बलाङकेट, कम्मल लगायतका साम्रगी बितरण गरिएको सचिव पाध्यायले बताए । स्थानिय तहस‌ग समन्वय गरि राहत सम्रगी बितरण गरिएकाे हाे सचिव पाध्यायले भने ।
पटक पटक गरि गएका भुकम्पका पराकम्पले बाजुराका ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ । पटक पटक भुकम्प आइरहने भएकाले स्थानिय त्रसित बन्दै आएका छन् ।
बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर साना ठूला पराकम्प जाने क्रम जारी छ । भुकम्पले बाजुरामा १३ सय ८३ घर पुणर् रुपमा क्षति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ घरहरुमा क्षेती भएको तथ्याकंमा उल्लेख गरिएको छ त्यसै गरि ७ सय १८ घर जोखिम गरि ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशाशन कार्यालय बाजुराले जनाएको छ ।

No description available.
पुणर् रुपमा सबै भन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर भएको प्रशासनले जनाएको छ । त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढिगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पुणर्रुपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पुणर् क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । बाजुरामा धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पुरै चिरा चिरा भएकाले बस्न लायक नभएको प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले बताए ।

No description available.
असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घरबार बिहिन भएका बाजुराका भुकम्प पिडीत बालबालिका र बयबृद्ध बिरामी पर्न थालेका छन । पालमा बस्नुपर्ने समस्याले चिसो बाट ग्रसित भएका छन् ।
पटक पटक भुकम्पको पराकम्पन आइरहने भएकाले त्रसित भएका स्थानिय सामान्य चर्किएका घरमा बस्न सुरक्षित नहुने भन्दै अधिकांस भुकम्प पिडीतहरुको बास खुला आकाशमा हुदै आएको छ । पिडितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन् । चिसोमा लुगाकपडा र खाद्यन्नमा निकै समस्या भएको पिडितले वताएका छन् । घरमा बस्ने अबस्था छैन, पालमा बस्दा बिरामी भएको स्थानियले वताएका छन् ।

No description available.
केही संघ सस्थाहरुले थोरै थोरै राहत साम्रगी खाध्यान्न कम्मल लगायत पालहरु दिएको भएपनि यहाँका नागरिकको आवस्यकता अनुसार पाल र राहत दिन नसकेको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन । घर भत्कीएका नागरिकहरुलाई सामान्य पालहरु दिएको भएपनि घरहरु चर्किएका नागरिकहरु समेत खुला ठाउँमा बस्दै आएकोले उनिहरुलाई केही राहत दिन नसकेको अध्यक्ष रावतले बताए । गाउँपालिकामा धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पुरै चिराचिरा भएकाले बस्न लायक नभएको अध्यक्ष रावतले बताए ।

चर्चामा

सम्बन्धित समाचार