• होमपेज
  • समाचार
  • सरकारले १२ निर्माण कम्पनीलाई राख्यो कालोसूचीमा

सरकारले १२ निर्माण कम्पनीलाई राख्यो कालोसूचीमा

  • सोमवार, मंसिर २५, २०८०
सरकारले १२ निर्माण कम्पनीलाई राख्यो कालोसूचीमा

काठमाडौं —सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

ती कम्पनीहरु ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा परेका छन् । कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा तीन वर्षसम्म कालोसूचीमा परेको छ । यो कम्पनीको मुख्य व्यक्ति सरोज कुमार शाह छन् ।

यसैगरी लक्ष्मण पाण्डेय मुख्य व्यक्ति रहेको त्रिवेणी निर्माण सेवा पोखरा र बमबहादुर कुर्मी मुख्य व्यक्ति रहेको गंगोत्री देवी निर्माण सेवा नेपालगञ्ज दुई–दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार