• होमपेज
  • समाचार
  • सोमबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक विदा

सोमबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक विदा

  • आइतवार, मंसिर ३, २०८०
सोमबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक विदा

 लुम्बिनी प्रदेशले आगामी सोमबार प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारको गृह मन्त्रालयले छठ पर्वको समापनको अवसरमा चार जिल्लामा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

मंसिर ४ गते सोमबार छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको प्रदेशको गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । छठको पर्वको अवसरमा आइतबार देशैभर सार्वजनिक विदा दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार