शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • बाजुराकी उज्जलीले बाटोमै छोरीको जन्म दिइन्

बाजुराकी उज्जलीले बाटोमै छोरीको जन्म दिइन्

बाटोमा बच्चा जन्माउदै बाजुराका आमा

  • सोमवार, भदौ ११, २०८०
बाजुराकी उज्जलीले बाटोमै छोरीको जन्म दिइन्

बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडाकि ३२ वर्षिय उज्जली सुनार बाटोमै बच्चा जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि  अछामको बयलपाटा अस्पतालमा पुगेकी उज्जलीलाई स्वास्थ्यकर्मीले घर पठाएका थिए ।

अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने वताएका थिए । तर आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि सिर्जना सार्किले बताएकी छन् ।

घर फर्किने क्रममा बाजुराको बुढिगंगा नगरपालिका वडा न–१० स्थित पानीभुवाको सडक बच्चा जन्माएको सार्किले वताइन् । बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यक्रमी सिर्जना सार्किले भेटाएकी थिइन् । अनमी सृजना सार्किले वाटोमै सुत्केरी गराउनमा सहयोग गरेकि थिइन् ।

बाजुरामा उज्जली मात्र नभइ केही महिना पहिला बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ बर्षिय भाँग्य चदारा बाटोमा बच्चा जन्माएकि थिइन् । त्यस्तै हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माईन् । सुत्केरी ब्यथा लागेपछी ३ घण्टा टाढा रहेको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माईन् ।

स्वास्थ्य संस्था टाढा भएकाले लिदै गर्दा उनले बाटोमा बच्चा जन्माउनु परेको हो । त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षिय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माईन् । वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने बेला बिच बाटोमै पार्वतीले छोराको जन्म दिईन् ।

स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ बर्षिय कार्तिका बिकले केही समय पहिला बाटोमा बच्चा जन्माएकि छन् । सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लिदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानिय बल बहादुर बिकले वताए ।

यी त केही उदाहरण हुन्, बाजुराको दुर्गम गाउँका आमाहरु बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको रुगिन चौकिमा कार्यरत विमला पाण्डेले वताईन् । बाजुरामा ४ बर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए ।

अर्को सुत्केरी भएको बेला आराकम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए ।

हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिला मर्नेक्रम रोकिएको छैन । बाजुराका आमाहरुको प्रजनन स्वास्थ्य निकै बेजोग रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख जस्ता समस्याले आमाहरुको ज्यान निकै जोखिम बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार