शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सम्पन्न, बाजुरामा ७४ प्रतिशत बिवरण संकलन

राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सम्पन्न, बाजुरामा ७४ प्रतिशत बिवरण संकलन

  • बिहिबार, साउन ३२, २०८०
राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान सम्पन्न, बाजुरामा ७४ प्रतिशत बिवरण संकलन

बाजुरा–  जिल्लामा बैशाख १८ गतेबाट संचालन भएको राष्ट्रिय परिचय पत्र बितरण अभियान सम्पन्न भएको छ । बैशाख १८ गते बडिमालिका नगरपालिकाबाट सुरु भएर साउन ३२ गते सबै स्थानिय तहमा सम्पन्न भएको हो । व्यक्तिको परिचय प्रमाणिकरणको डिजिटल समाधान मानिएको राष्ट्रिय परिचय पत्र बिवरण संकलन अभियान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जनगणना २०७८ अनुसार बाजुराको कुल जनसंख्या १ लाख ३८ हजार ५ सय २३ मध्य ८३ हजार ५ सय ७७ मतदाता रहेको जिल्लामा वडास्तरीय घुम्ती शिविर आयोजना गरी राष्ट्रिय परिचय पत्र विवरण लिने अभियान संचालन गरिएको थियो । अभियान अन्तर्गत जिल्लामा राष्ट्रिय परिचयपत्र विबरण भर्नेको सख्या ४३ हजार २ सय ४३ जना पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाका ९ ओटै स्थानियमा सुरु भएको अभियान तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य अनुसार जिल्लामा ५८ हजार ५ सय रहेकोमा ४३ हजार २ सय ४३ जनाको बिवरण संकलन भएको जनाएको छ । सरकारले पछिल्लो समय सबै नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाले अभियानका क्रममा स्थानीय तहअन्तर्गत वडा टोलमै शिविर आयोजना गरीएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

No description available.
जिल्लाका नौ ओटा स्थानिय तह अन्तरगत बडिमालिका नगरपालिकामा ४ हजार ७ सय ४३ जनाको बिवरण संकलन भएको तथ्याकंं रहेको छ । त्यसै गरी बुढिगंगा नगरपालिकामा ६ हजार २ सय ८३ रहेको पाइएको छ । त्रिबेणी नगरपालिकामा ५ हजार ९ सय ९६ जना, हिमाली गाउँपालिकामा ३ हजार ८ सय ११ जना, स्वामिकार्तिक खापर गाउँपालिकाका ३ हजार ८ सय ७९ जना, गौमुल गाउँपालिकाका २ हजार ७ सय ५४ जना, जगन्नाथ गाउँपालिकाका ३ हजार २ सय ८६ जना, बुढिनन्द्या नगरपालिकाका ६ हजार ३ सय ९९ र खप्तड छेडेदह गाउँपालिकामा ६ हजार १ सय ६ जनाको बिवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले दिएको तथ्याकंमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार