सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • देश
  • कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयोः कृषिमन्त्री भुसाल

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयोः कृषिमन्त्री भुसाल

  • शुक्रबार, साउन २६, २०८०
कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयोः कृषिमन्त्री भुसाल

काठमाडौं — कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन् ।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् । उनले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए ।

मन्त्री भुसालले तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरुलाई बाढीले पुर्‍याएको क्षतिले थप समस्या बनाएको बताए । उनले बाढीले किसानहरुलाई पुर्‍याएको क्षतिको लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको पनि बताए ।

मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिंचाईको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि सिंचाई मन्त्रालयसँग समन्वय गरी सिंचाईको समस्या समाधान गर्ने बताए ।

मन्त्री भुसालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको बताए । उहाँले नेपाल सरकारले खाद्यसंकट आउन दिनको लागि सरकार सचेत रहेको बताए ।

मन्त्री भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरुसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने बताए । उनले पार्टी अध्यक्षको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको बताए । उनले यस विषयमा गठबन्धनले छलफल गरेर निकास निकाल्ने बताए ।

मन्त्री भुसालले पार्टीमा जीवन्त रूपमा छलफल हुने गरेको कारणले यसलाई लिएर पार्टीमा कुनैपनि प्रकारले समस्या नआएको बताए ।

उनले पाटीमा आउने जाने हुने गरेको कारणले केही व्यक्ति जाँदैमा पाटीको गतिशिलतामा कमी नआउने बताउनु भयो । उनले एमालेबाट समेत आफ्नो पार्टीमा आउनेहरु बढेको जिकिर गरे ।

चर्चामा

सम्बन्धित समाचार