शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • खप्तड छेडेदहमा भुकम्पले चिरा परेको घर भत्कियो

खप्तड छेडेदहमा भुकम्पले चिरा परेको घर भत्कियो

  • बुधबार, साउन २४, २०८०
खप्तड छेडेदहमा भुकम्पले चिरा परेको घर भत्कियो

बाजुरा— खप्तड छेडेदह गाउँपालिका ३ पुडावालामा अबिरल बर्षाले एक घर भत्किएको छ । पुडावालाका स्थानिय बुदे सुनारको तिन तले घर भत्किएको हो ।

हिजो राति परेको अबिरल बर्षाले भिजेको घर बुधबार दिउँसो आफै भत्किएको त्यँहाका स्थानियले बताएका छन । गत माघ १० गते बाजुराको बिच्छ्या केन्द्रबिन्दु बनाएर आएको भुकम्पले चिरा परेको घर भत्किएको र अन्य घरपनि जोखिममा रहेका स्थानियले बताएका छन ।

घर भत्किदा दिउँसोको समय भएकाले कुनै मानविय क्षेति नभए पनि घरमा रहेका अन्नपात, भाडाकुडा तथा लत्ताकपडा च्यापिएको प्रहरी चौकी टाँटेले जनाएको छ । घर भत्किएपछि उनको परिवार बिचल्लीमा परेको छ ।

अहिले उनको उद्धार तथा व्यवस्थापनका गर्ने घटनास्थलमा वडा अध्यक्ष पुगेका स्थानियले बताएका छन । प्रहरी भने भोलि बिहान घटनास्थलमा जानेजनाएको छ । घर भत्किएका परिवारको अहिले बाँस बस्नका लागि आफन्तकोमा व्यवस्था गरिएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार