सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका सामुदायिक बिद्यालयमा दिवा खाजामा अर्गानिक तरकारी

बाजुराका सामुदायिक बिद्यालयमा दिवा खाजामा अर्गानिक तरकारी

  • मङ्लबार, साउन २३, २०८०
बाजुराका सामुदायिक बिद्यालयमा दिवा खाजामा अर्गानिक तरकारी

टेक बहादुर बुढा/बाजुरा– बाजुराका सामुदायिक बिद्यालयहरुमा अर्गानिक तरकारी सहितको दिवा खाजा कार्यक्रम शुरु भएको छ । विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा नेपाल सरकारले सामुदायिक विद्यालयमा दिवा खाजामा अर्गानिक तरकारी खुवाउने कार्यक्रम शुरु गरीएको शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ ।
जिल्लाका २ सय ५१ विद्यालयमा दिवा खाजासँगै स्थानिय उत्पादनमा आधारित (अर्गानिक) तरकारी खु्वाउने कार्यक्रम दिवा खाजा कार्यक्रम शुरु भएको हो । आर्थिक बर्ष २०८०÷८१ बाट दिवा खाजा शुरु सँगै अर्गानिक तरकारी अनिवार्य खुवाउन शुरु भएको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।
विश्व खाद्य कार्यक्रम सहयोगमा मर्सिकोर नेपाल तथा गिप्ट नेपाल बाजुरा नामक गैरसरकारी संस्थाको सहजिकरणमा उक्त कार्यक्रम शुरु गरिएको हो । स्थानिय उत्पादनमा आधारित तरकारी खु्वाउनका लागि प्रति विद्यार्थी दैनिक तिन रुपिँयाका दरले ४० ग्राम तरकारी खुवाउनका लागि आर्थिक सहयोग गरिरहेको गिप्ट नेपाल बाजुराका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारीले वताएका छन् । दिवा खाजा सामुदायिक विद्यालयका इसिडी कक्षा देखि ६ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजासँगै तरकारी खुवाउन शुरु गरिएको हो ।
दिवा खाजामा तरकारी खुवाउने कार्यक्रममा स्थानिय स्तरका उत्पादन भएका तरकारी मात्र खुवाउनु पर्ने रहेको बिश्व खाद्य कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दान बहादुर साउदले वताएका छन् । स्थानिय स्तरमा उत्पादित तरकारीले विद्यार्थीमा पोषणयुक्त खानाका रुपमा हुने भएकाले त्यस्ता तरकारीहरुलाई बिषेश जोड दिइएको संयोजक साउदले वताएका छन् । स्थानिय ठाउँमा तरकारी उत्पादन नहुने ठाउँका लागि कुनै सहकारीलाई जिम्मा दिएर अर्को पालिकाबाट ल्याएर खुवाउने रहेको छ ।
दिवा खाजासँगै तरकारी खुवाउने कार्यक्रमले विद्यालयमा विद्यार्थीको आर्कषक बढ्नुका साथै यस्ता तरकारीले विद्यार्थीहरुलाई पोषणका फाइदा पुग्ने सदरमुकाम मार्तडी स्थित बालमन्दिर आधारभूत विद्यालयकी शिक्षिका राधा भट्टले बताएकी छन । हाम्रो विद्यालयमा कक्षा ६ सम्मका विद्यार्थीहरुलाई खाजा खुवाइरहेका छौ, यसले बिद्यालयमा बिद्यार्थीको नियमितता बढाएको भट्टले थपिन् ।
आर्थिक बर्ष २०८०÷८१ को साउन देखि बाजुराका सम्पूर्ण विद्यालयमा दिवा खाजासँगै स्थानिय उत्पादनमा आधारित (अर्गानिक) तरकारी खु्वाउन शुरु गरेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका नवराज उपाध्याले बताएका छन । खप्तड छेडेदह गाउँपालिका —४ मा रहेको खापरदेवस्थली माविमा तरकारीको जिम्मा छेडेदह सहकारीलाई दिएर खाजा खुवाउन शुरु गरेकोे बिद्यालयका लेखापाल महेशराज जोशीले बताएका छन ।
कार्यक्रम बिद्यालयमा लागु भएँंगै यसमा बिद्यार्थीको आकर्षण बढ्नुका साथै हरेक दिन फरक फरक तरकारी खुवाइने भएकाले बालबालिकालाई पोषणयुक्त खानाका रुपमा हुने हुँदा कार्यक्रम निकै लाभदायी हुने लेखापाल जोशीले बताए । दिवाखाजासंगै तरकारी खुवाउने कार्यक्रम सञ्चालनले जिल्लाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आर्कषण बढ्ने सरोकारवालाहरुले बताएका छन ।
बिश्व खाद्य कार्यक्रमको सहयोगमा बाजुरामा बिद्यार्थीलाई दिवा खाजा कार्यक्रम २०५७ साल बाट शुरु भएको थियो । दिवा खाजासँगै स्थानिय उत्पादनमा आधारित (अर्गानिक) तरकारी खु्वाउने भएपछि बाजुरामा तरकारी खेतिप्रति आकर्षण बढ्ने भएको छ । यो कार्यक्रम नेपालका बाजुरा, बझाङ्ग र दार्चुल्लामा मात्र सञ्चालन रहेको छ । अन्य जिल्लामा नेपाल सरकारले नगदमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको छ । दिवा खाजा कार्यक्रमका स्थानिय उत्पादनमा भएको तरकारी खुवाउने भएपछि एक महिनामा मात्र बाजुरामा २२ लाख ५९ हजार १६ बराबर मुल्यको तरकारी खपत हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार