आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • देश
  • बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुखको आग्रह

बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुखको आग्रह

  • आइतवार, साउन २१, २०८०
बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुखको आग्रह

काठमाडौँ —  सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गरेका छन् ।

‘मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु’, सभामुख घिमिरेले भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार