शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा (तस्बिरहरू)

बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा (तस्बिरहरू)

  • मङ्लबार, साउन २, २०८०
बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा (तस्बिरहरू)

काठमाडौँ  –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सीताको निधनको सातौँ दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जलीसभा गरिएको हो ।

कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री प्रस्तुत गरिएको थियो । सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीता दाहालको निकै शान्त मृत्यु रोजेको बताएका थिए ।

साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए ।

सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए ।

श्रद्धाञ्जलीसभामा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए ।

सीता दाहालको ६९ वर्षको उमेरमा गत असार २७ गते निधन भएको थियो । 

 

चर्चामा

सम्बन्धित समाचार