बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • धनाल्त बस्तीका करिब ७० भन्दाबढि घरपरिवार पहिराेकाे उच्च जाेखिममा

धनाल्त बस्तीका करिब ७० भन्दाबढि घरपरिवार पहिराेकाे उच्च जाेखिममा

बर्षायाम सुरु भएसंगै स्थानियबासी झन त्रसित

  • सोमवार, असार २५, २०८०
धनाल्त बस्तीका करिब ७० भन्दाबढि घरपरिवार पहिराेकाे उच्च जाेखिममा

टेकबहादुर बुढा,बाजुरा — खप्तड छेडेदह गाउँपालिका ३ धनाल्त बस्ती पहिरोको उच्च जाेखिमा रहेको छ । बर्षायामकाे  अबिरल बर्षाका कारण गाउँ वरिपरि पहिरोले चिराचिरा हुँदा धनाल्तका करिब ७० परिवार उच्च जोखिममा रहेका छन् । धनाल्तमा सयौं बर्ष पहिले नै पहिरो लागेकाे अनुमान छ ।

बर्खायाम सुरु भएसँगै धनाल्तका स्थानीयबासी चिन्तामै रात बिताउँन बाध्य भएका छन् । गाउँको वरिपरी र तलमाथीबाट निरन्तर बग्न थालेको पहिरोले बस्ती नै बगाउँछ भन्ने डरले उनीहरु वर्खाको समयमा चिन्ताइ चिन्ताले रात बिताउँन बाध्य भएका हुन् ।

धनाल्त गाउँ माथीबाट गएको पहिरोले त्यहाँका स्थानीयबासीको ठुलो मात्रामा जमितमासमेत क्षति गरेको छ । खेती योग्य जमिन र हिँड्ने बाटो पनि पहिरोमा परिणत् भएपछि अहिले त्यहाँका स्थानीयलाईआउजाउ गर्न पनि निकै सास्ती खेप्तै आउनु परेको स्थानीयहरुकाे दुखेसो छ । No description available.

गाउँमा पहिरो नजानु भन्दा पहिला खेती पाती गरेर राम्रो सँग जिवन धान्दै आएका धनाल्तबासीको जमिन अहिले पहिरोले बगाउन थालेपछि के खाने, का बस्ने भन्दै चिन्तित बनेका छन ।यो पीडा धनाल्तबासीको मात्र होइन पीडा त ठेग्गाउँ टुनीसैन बस्तीमा पनि उस्तै छ । त्यहाँका नागरिकहरलाई पनि मेलापात घाँस दाउँरा गर्न निकै समस्या भएको छ ।

महिला दिनरात मेलापाल गरेर नै दैनिकी गुर्जादै आएका छन् । हिउँद घाँस दाउँरा गर्न जाँदा ढुक्क मनले बन गएर घरमा आइन्थ्यो, वर्खा भने बनमा जानेलाई पनि डर छ , हामी घरका बुढापाखालाई पनि बन गएका घरमा नआए सम्म चिन्ता नै हुन्छ ।यहाँका स्थानीयले पहिरो रोकथाम गर्नका लागि कयौँ पटक राजनितिक दल सँग कुरा राखेको भएपनि कतैबाट पहिरो रोकथामको पहल नै छैन् ।

वर्खाको समयमा यहाँका धनाल्त, धुर्तोला, पुडाबाउला , ठेकगाउँ, टुनीसैन लगायतका धेरै बस्ती खोला र पहिरोको निकै जोखिममा छन् । यहाँका यी बस्तीलाई स्थानीय सरकारले केही गर्न सक्ने अवस्था नै छैन ।हिउँदको समयमा खासै त्यति जोखिम नभएपनि बर्षा शुरु भए लगतै पुरै गाउँ जोखिममा रहेको स्थानिय त्यहाका स्थानीयहरुले बताएका छन ।

गाउँको तल सडकले पहिराे लागेकाे र माथिबाट समेत पहिरो लाग्दा बिचमा पुरै गाउँ जाेखिममा परेकाे स्थानीय बिर बहादुर बुढाले बताए । गाउँमा बर्षाै देखि लागेको पहिराे अहिले गाउँ नजिकै पुग्दा स्थानीयबासी झन त्रसित बनेका छन । No description available.

गाउँ वरिपरि चिराचिरा परेको छ भने अहिले झन त्यसैकाे बिचमा सडक ल्याउदा पुरै गाउँ जाेखिममा रहेको स्थानीय गाेपाल रावतले बताएका छन । गाउँ नजिकै पुगेको पहिरोले त्याहाका स्थानीयहरुका खेत समेत बगाएकाे छ ।
धनाल्त बस्ती बर्षाैदेखि पहिराेकाे चपेटामा रहँदापनि सरकारले अहिलेसम्म केही वास्ता नगरेको त्याँहाका स्थानीयबासीहरुले दुखेसो पाेखेका छन । 
यस बर्ष सुदुरपश्चिम प्रदेशले धनाल्त बस्तीमा पहिरो राेकथामका लागि दस लाख बजेट छुट्याएको थियो । अहिले उक्त बजेटबाट पहिराे राेकथाम गर्नका लागि करिब ५० वटा ग्याविनसहित केही बिरुवा राेपिएकाे समितिका अध्यक्ष धन बहादुर रावतले बताएका छन । गाउँकाे पहिराे राेकथामका लागि एउटै सरकारले मात्रै नभई स्थानीय सरकारदेखि केन्द्र सरकारले समेत पहल गर्नुपर्ने समिती अध्यक्ष रावतले बताए । No description available.

यसैगरी खप्तड छेडेदह गाँउपालिकामा करिब १५ भन्दाबढि गाउँ पहिराेकाे उच्च जाेखिममा रहेका छन् । गाउँपालिकाका मेलतोला, आरूगडा, नाउली खोला गाँज्रा, बल्दे, नाइना, धनाल्त, टुनीसैन, गुइवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाउँ पहिराेकाे उच्च जोखिममा छन् । No description available.

चर्चामा

सम्बन्धित समाचार