शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • तीन महिनामा राष्ट्रिय सूचना आयोगमा १६६ निवेदन दर्ता

तीन महिनामा राष्ट्रिय सूचना आयोगमा १६६ निवेदन दर्ता

  • शुक्रबार, असार ८, २०८०
तीन महिनामा राष्ट्रिय सूचना आयोगमा १६६ निवेदन दर्ता

काठमाडौँ  –    राष्ट्रिय सूचना आयोगले गत चैत, वैशाख र जेठ गरी तीनमा महिनामा गरेका काम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता कमला ओली थापाले शुक्रवार जारी गरेको विवरणमा भ्रमणदेखि अभिमुखीकरण तालिम, दर्ता निवेदन र त्यसमाथिका कारबाहीबारे उल्लेख छ । आयोगका अनुसार चैत महिनामा आयोगमा ५८ वटा, २०८० वैशाखमा ४३ वटा र जेठ महिनामा ६५ गरी १६६ वटा पुनरावेदन दर्ता भएका छन् ।

त्यसमध्ये चैत महिनामा दफा १०(२) बमोजिम लिखित जवाफ पेस गर्नू भन्ने ९६ वटा र दफा २७(३) बमोजिम लिखित जवाफ पेस गर्नू भन्ने आदेश १ वटा, वैशाख महिनामा ४३ वटा, जेठ महिनामा ७७ वटा आदेश भएका छन् ।

दफा १०(३)(क) बमोजिम सूचना उपलब्ध गराउनू भन्ने चैत महिनामा १३४, वैशाख महिनामा ९६ र जेठ महिनामा ५६ वटा आदेश भए, जेठ महिनामा दफा ३२(१) बमोजिम कारबाही किन नगर्ने भन्ने आदेश २ वटा भएका छन् । त्यस्तै लोक सेवा आयोगले गरेको वर्गीकरण खारेज गरी आयोगका कागजात वा विवरण सम्बन्धित व्यक्तिलाई दिन जेठमा दफा २७(४) र दफा १९(ङ) बमोजिम १ वटा आदेश भयो भने सूचना उपलब्ध गराइ सकेको अवस्थामा निरर्थक देखिएका चैत महिनामा १८ वटा, वैशाख महिनामा २० वटा र जेठ महिनामा ७ वटा पुनरावेदन उपर दफा १०(३)(ख) बमोजिम खारेज गर्नू भन्ने आदेश भयो । आयोगमा यस आर्थिक वर्षमा १०५३ वटा पुनरावेदन हालसम्म दर्ता भएको आयोगले जनाएको छ ।

यस्ता छन् तीन महिनामा आयोगले सम्पादन गरेका मुख्य काम –

राष्ट्रिय सूचना आयोगबाट चैत, वैशाख र जेठ महिनामा सम्पादन भएका मुख्य मुख्य कार्यहरू सम्बन्धी प्रेस विज्ञप्ति

राज्यका कामकारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिक प्रति जबाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने उद्देश्यले स्थापित यस राष्ट्रिय सूचना आयोगले नेपालको संविधानको धारा २७ मा व्यवस्था भएको नागरिकको सूचना माग गर्ने र प्राप्त गर्ने अधिकारको संरक्षण, सम्बर्द्धन र प्रचलनमा मुख्य भूमिका निर्वाह गर्दै आएको छ ।

सार्वजनिक निकायले गरेका काम कारबाही जनतालाई स्वतः जानकारी दिनु पर्ने दायित्व कानूनले प्रदान गरेको छ । सो अन्तर्गत राष्ट्रिय सूचना आयोगले गरेका काम कारबाही निम्न बमोजिम सार्वजनिक गरेको छ । राष्ट्रिय सूचना आयोगले २०७९ चैत २०८० वैशाख र जेठ महिनामा गरेको मुख्य मुख्य कार्यहरूको विवरण:

क. नेपाल भ्रमणमा आउनुभएका मित्रराष्ट्र श्रीलङ्काको सूचना आयोगका प्रमुख सूचना आयुक्तसहितको प्रतिनिधिमण्डलले मिति २४ मे २०२३ देखि २९ मे २०२३ सम्म नेपालको भ्रमण गरेको छ । सो अवधिमा राष्ट्रिय सूचना आयोग र श्रीलंकाको आयोगका बीच सूचनाको हक सम्बन्धी व्यवस्था र त्यसको कार्यान्वयन तथा भोग्नु परेका समस्या तथा चुनौतीहरूका सम्बन्धमा अनुभव आदानप्रदान भयो । प्रतिनिधिमण्डलले नागरिक समाज, पत्रकार, विभिन्न संघ, संस्थाहरुको प्रतिनिधिहरुसँग सूचनाको हक कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया÷छलफल गरेको थियो । आगामी दिनमा दुई देशका सूचना आयोगको बीचमा आपसी सहयोग सम्बन्धी समझदारी (ःइग्) गर्ने विषयमा छलफल भयो ।

ख. राष्ट्रिय सूचना आयोगले २०७९ चैत महिनामा दैलेखको भगवतीमाई नगरपालिकामा सूचनाको हकसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । २०८० वैशाख महिनामा जेठ महिनामा मुस्ताङ, पर्वत, स्याङ्गजा र पाल्पामा गरी ४ वटा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी लगायत सर्वसाधारणसँग अन्तरक्रिया÷छलफल गरिएको छ ।

ग. २०७९ चैत महिनामा आयोगमा ५८ वटा, २०८० बैशाखमा ४३ वटा र जेठ महिनामा ६५ वटा पुनरावेदन दर्ता भयो । चैत महिनामा दफा १०(२) बमोजिम लिखित जवाफ पेश गर्नू भन्ने ९६ वटा र दफा २७(३) बमोजिम लिखित जवाफ पेश गर्नू भन्ने आदेश १ वटा, वैशाख महिनामा ४३ वटा, जेठ महिनामा ७७ वटा आदेश भए । दफा १०(३)(क) बमोजिम सूचना उपलब्ध गराउनू भन्ने चैत महिनामा १३४, वैशाख महिनामा ९६ र जेठ महिनामा ५६ वटा आदेश भए, जेठ महिनामा दफा ३२(१) बमोजिम काराबाही किन नगर्ने भन्ने आदेश २ वटा भए, त्यस्तै लोक सेवा आयोगले गरेको वर्गीकरण खारेज गरी आयोगका कागजात वा विवरण सम्बन्धित व्यक्तिलाई दिन जेठमा दफा २७(४) र दफा १९(ङ) बमोजिम १ वटा आदेश भयो भने सूचना उपलब्ध गराइ सकेको अवस्थामा निरर्थक देखिएका चैत महिनामा १८ वटा, वैशाख महिनामा २० वटा र जेठ महिनामा ७ वटा पुनरावेदन उपर दफा १०(३)(ख) बमोजिम खारेज गर्नू भन्ने आदेश भयो । आयोगमा यस आर्थिक वर्षमा १०५३ वटा पुनरावेदन हालसम्म दर्ता भएका छन् ।

घ. आयोगको १६ औँ स्थापना दिवस यही वैशाख २२ गते विभिन्न कार्यक्रम गरी आयोजना गरियो ।

ङ. फिलिपिन्सको राजधानी मनिलामा १९ जुन देखि २१ जुनसम्म हुने क्ष्लतभचलबतष्यलब िऋयलाभचभलअभ या क्ष्लायचmबतष्यल ऋयmmष्ककष्यलभच (क्ष्ऋक्ष्ऋ) को १४ औँ सम्मेलनमा भाग लिन आयोगबाट प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरूङ्ग, सूचना आयुक्त रत्नप्रसाद मैनाली, सचिव दिवस आचार्य र उपसचिव राम प्रसाद ढकाल असार २ गते त्यसतर्फ प्रस्थान गर्नु भयो । क्ष्ऋक्ष्ऋ को कार्यकारिणी समितिमा ४ सदस्यहरुको पद रिक्त भएकोले निर्वाचन घोषणा भई ९ वटा सूचना आयोगहरु (अर्जेन्टिना, बंगलादेश, बर्मुडा, इथियोपिया, जर्मनी, केन्या, कोसोभो, मलावी र दक्षिण अफ्रिका) ले उम्मेद्वारी दिएका मध्ये नेपालको तर्फबाट राष्ट्रिय सूचना आयोगले सदस्यको हैसियतमा दक्षिण अफ्रिका, जर्मनी, बंगलादेश र केन्यालाई मतदान गर्ने निर्णय गरेको छ ।

कमला ओली थापा

सूचना आयुक्त तथा प्रवक्ता

चर्चामा

सम्बन्धित समाचार