शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा नेपाली सेनाद्धारा निर्माण हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

बाजुरामा नेपाली सेनाद्धारा निर्माण हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

  • सोमवार, जेष्ठ ८, २०८०
बाजुरामा नेपाली सेनाद्धारा निर्माण हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

बाजुरा ८ जेठ– खप्तड छेडेदह गाउँपालिका ७ को मजिउनमा नेपाली सेनाद्वारा निर्माण गरिएको हेलिप्याड गाउपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिसंगको समन्वयमा श्री दुर्गाभञ्जन गुल्म बाजुराले चालु आर्थिक वर्ष २०८९÷८० सिमित कार्यक्रम अन्तगर्त जेठ ७ गते गाउँपालिकालाई हस्तान्तरण गरिएको दुर्गाभञ्जन गुल्मका सेनानी दिवाकर खड्काले बताए ।
निर्माण सम्पन्न हेलिप्याड खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष, जिल्ला सुरक्षा प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, गाउँपालिका कार्यकारी अधिकृत, वडा अध्यक्षहरु तथा सर्वसाधरणहरुको उपस्थितिमा श्री दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी श्री दिवाकर खड्काले खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत लाई हस्तान्तरण गरेका छन् ।
साथै विपद् मा परेका,जटिल अवस्थाका गर्भवति÷सुत्केरी तथा गम्भीर खालका बिरामीहरुलाई आकस्मिक उद्धार गर्न सहज होस भन्ने उद्धेश्यका साथ हेलिप्याड निर्माण गरिएको सेनानी श्री खड्काले बताए ।
जिल्ला सदरमुकाम देखि टाढा दुर्गम क्षेत्रमा रहेका यस जिल्लाको सडकको सहज पंहुज नहुने भएकाले आपत्कालिन अबस्थामा उद्धार गर्न सहज होस भन्नका लागि हेलिप्याड निर्माण गरिएको सेनानी खडकाले बताउनु भयो ।
ग्रामीण क्षेत्रमा हेलिप्याड निर्माण हुँदा प्राकृतिक विपद्को समयमा उद्धारमा सहजता हुने खप्तड छेडेदहगाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताए ।
उनले नेपाली सेनाले निर्माण गरेको हेलिप्याडको गाउँपालिकाले पूर्णरूपमा संरक्षण गर्ने बताए । नेपाली सेनाले खप्तड छेडेदहमा हेलिप्याड निर्माण गर्दा सैनिक र नागरिकबीचको सम्बन्ध सुधारमा थप टेवा पुग्नुका साथै खप्तड छेडेदह गाउपालिका, बुढिगंगा नगरपालिका र बझाङ्ग जिल्लाका खप्तड छान्ना गाउपालिकाका केही बस्तिका नगरिकलाई सहयोग पुग्ने अध्यक्ष रावतले बताए ।
सदरमुकाम मार्तडी देखि खप्तड छेडेदह पुग्न ५ देखी १० घण्टा बढी लाग्छ यो पालिका भौगोलिक हिसावमा बाजुराको दुर्गम पालिकाका हो । सदरमुकाम मार्तडीबाट अन्य पालिकामा पहिलो हेलिप्याड निर्माण गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार