बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • घाँस काट्ने क्रममा भिर बाट लडेर बझाङकी एक युवतीको भारतमा मृत्यु

घाँस काट्ने क्रममा भिर बाट लडेर बझाङकी एक युवतीको भारतमा मृत्यु

  • आइतवार, बैशाख ३१, २०८०
घाँस काट्ने क्रममा भिर बाट लडेर बझाङकी एक युवतीको भारतमा मृत्यु

अर्थ जङ्ग शाही/बझाङ– भारतको केदारनाथमा बझाङकी १९ वर्षिय हर्कला बुढाको घाँस काट्ने क्रममा भिर बाट लडेर मृत्यु भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नं ६ लेकगाउ घर भएकी हर्कला बुढा कामको शिलशिलामा यसै महिनाको १५/१६ गते भारतको केदारनाथमा गएकी थिइन् ।

उनको शनिबार मध्यान्ह १२ बजे तिर लडेर मृत्यु भएको उनका दाई नाता पर्ने घनश्याम बुढाले जानकारी दिएका छन् । उनका अनुसार दाहासस्कार पनि भैसकेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार