सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाचार
  • सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण छैन : रवि लामिछाने

सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण छैन : रवि लामिछाने

  • मङ्लबार, बैशाख १२, २०८०
सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण छैन : रवि लामिछाने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।

‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा जाने त सम्भावनै छैन ।’

सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए । तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ । नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार