• होमपेज
  • समाचार
  • यस्ताे रहनेछ आजको मौसम

यस्ताे रहनेछ आजको मौसम

  • शनिबार, बैशाख २, २०८०
यस्ताे  रहनेछ आजको मौसम

काठमाडौँ– हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
आइतबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरूमा वृद्धि भइरहेको र यसले प्रदूषण समेत वृद्धि भइरहेको महाशाखाको भनाई छ।

चर्चामा

सम्बन्धित समाचार