• होमपेज
  • देश/प्रदेश
  • चुनाव अलपत्र पारेर क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन

चुनाव अलपत्र पारेर क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन

  • शनिबार, चैत्र ११, २०७९
चुनाव अलपत्र पारेर क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन

नेपाल कमर्श क्याम्पसमा आज स्ववियु निर्वाचन हुन गइरहेको छ । तर, क्याम्पस प्रमुख प्राध्यापक धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी भने सम्पर्कविहीन बनेका छन् । बिहान ८ बजेदेखि मतदान गर्ने भन्ने थियो । तर, अहिलेसम्म सर्वदलिय बैठक समेत बस्न सकेको छैन ।
मतदान गर्नका लागि भनेर ठूलो संख्यामा विद्यार्थीहरु क्याम्पसमा आएका छन् । क्याम्पस प्रमुखले फोन उठाएका छैनन् भने निर्वाचन अधिकृतले फोन स्वीच अफ गरेर बसेका छन् ।
निर्वाचन समितिको कार्यालयले शनिवार निर्वाचन गराउने भने सूचना जारी गरेको थियो । मतदानको लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार