बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • एसईई परीक्षामा बाजुराबाट ३ हजार ७६ जना विद्यार्थी सहभागी हुने

एसईई परीक्षामा बाजुराबाट ३ हजार ७६ जना विद्यार्थी सहभागी हुने

  • शुक्रबार, फाल्गुन ५, २०७९
एसईई परीक्षामा बाजुराबाट ३ हजार ७६ जना विद्यार्थी सहभागी हुने

टेक बहादुर बुढा,बाजुरा –  आगामी चैत १७ गतेबाट हुने माध्यामिक शिक्षा परीक्षा एसईईका लागि बाजुराबाट यस वर्ष ३ हजार ७६ जना विद्यार्थी सहभाागी हुने भएका छन ।

बाजुराका ९ स्थानीय तहबाट छात्रा १ हजार ५ सय ८१ र छात्र १ हजार ४ सय ९५ जना परिक्षामा सहभागी हुने भएका छन । जिल्ला भरबाट ३ हजार ७६ जना विद्यार्थी आगामी चैत १७ गतेबाट हुने एसईई परीक्षामा सहभागी हुने भएका हुन ।

परीक्षाका लागि आवश्यक हाजिरी पुर्‍याएका नियमित तर्फ २ हजार ९ सय ८९ र ग्रेड वृद्धि तर्फ ८७ गरेर कुल ३ हजार ७६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई बाजुराका प्रमुख हर्क बहादुर सिंहले बताएका छन ।

परीक्षा सञ्चालनका लागि गत वर्ष बाजुरामा १६ वटा परीक्षा केन्द्र ताकिएकोमा यस वर्ष भने विवरण आउन बाँकी रहेको शिक्षा विकास तथा समन्वय ईकाई बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार