सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

खप्तड छेडेदह गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

  • आइतवार, माघ २९, २०७९
खप्तड छेडेदह गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

टेक बहादुर बुढा/बाजुरा — बाजुराकाे खप्तड छेडेदह गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि माघ २६ गते विहिबार देखि सुरु भएको रनिङ शिल्ड प्रतियोगिता आज आइतबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । उक्त रनिङ शिल्ड प्रतियोगिताको उपाधि गाउँपालिकाकाे वडा नं ५ स्थित मष्टेश्वरी माध्यमिक विद्यालयले हात पारेकाे छ ।
उक्त विद्यालयले ११ स्वर्ण , ६ रजत र १० कास्य सहित उपाधि जितेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएकाे छ । मष्टेश्वरी मा वि ले रनिङ सिल्डमा सहभागी ८ विद्यालयलाई पछि पार्दै उपाधि जित्न सफल भएको प्रधानाध्यापक मङगल बहादुर धामीले बताए । त्यस्तै ७ स्वर्ण ,८ रजत र २ कास्य सहित खापरदेवस्थली माध्यमिक विद्यालय गुदुखातीले दास्राे स्थान हात पारेको छ भने ४ स्वर्ण,९ रजत र ७ कास्य सहित दशरथ मा वि आटीचाैरले तृतीय स्थान हात परेको छ । खप्तड छेडेदह गाउँपालिकाकाे आयोजना र मष्टेश्वरी माध्यमिक विद्यालय को सह-आयोजनामा विहिबारदेखि सुरु भएको प्रतियोगिता आइतबार समापन भएको गाउँपालिकाका सुचना अधिकारी मिरा जाेशीले बताएकी छन ।

उक्त रनिङ शिल्डमा भलिबल ,कबर्डी,एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल खेलाइएको थियो । मष्टेश्वरी मा वि डोगडीका विव्यस अध्यक्ष रामकृष्ण रावतको अध्यक्षतामा सञ्चालन गरिएकाे उक्त प्रतियोगिता समापनमा प्रमुख अतिथि खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत रहेका थिए । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विसु नाथ र निवर्तमान गाउँपालिका अध्यक्ष नर बहादुर रावत लगायत अन्य अथितिहरु रहेका थिए ।
खप्तड छेडेदह गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकाकाे वडा नंः ५ स्थित पार्ताेला खेल मैदानमा सञ्चालन भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार