सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा कक्षा १ देखी ३ सम्मका बिद्यार्थीको निशुल्क आँखा र कानको चेकजाँच

बाजुरामा कक्षा १ देखी ३ सम्मका बिद्यार्थीको निशुल्क आँखा र कानको चेकजाँच

  • आइतवार, माघ २९, २०७९
बाजुरामा कक्षा १ देखी ३ सम्मका  बिद्यार्थीको निशुल्क आँखा र कानको चेकजाँच

बाजुरा — बाजुरा जिल्लाका ३ स्थानिय तहका ७७ बिद्यालयका कक्षा १ देखी ३ सम्मका बिद्यार्थीहरुको निशुल्क आँखा र कान चेकजाँच गरिएको छ । यूनिसेफ नेपाल, बिश्व शिक्षा, नेपाल नेत्रजोती संघ र सेतोगुराँस बालबिकास सेवा बाजुराको समन्वयमा निशुल्क आँखा र कान परिक्षण गरिएको हो ।
जिल्लाका बडिमालिका नगरपालिकाका २५ वटा बिद्यालय हिमाली गाउँपालिकाका २२ बिद्यालय र खप्तड छ्डेदह गाउँपालिकाका ३० वटा बिद्यालय गरी ३ हजार ४ सय ७० बालबालिकाका आँखा र कान चेकजाँच गरिएको सेतो गुराँस बालबिकास सेवा बाजुराका कार्यक्रम अधिकृत पुष्प बहादुर कटुवालले बताएका छन । सबै बिद्यालयमा गरि ३ हजार ४ सय ७० बालबालिका मध्य १ सय ४६ जना बालबालिकाको आँखामा समस्या भएको पाइएको र २ सय ३६ बालबालिकाको कानमा समस्या रहेको शिबिरका चिकित्सकहरुले बताएका छन ।
बडिमालिका नगरपालिकाका १ हजार १ सय १४ जना बालबालिकाको आँखा र कान चेकजाँच गर्दा आँखाका ३६ जना बालकालिका र कानका ८७ जना बालबालिकामा समस्या भएको पाईएको छ ।
त्यसै गरी खप्तड छेडेदह गाउँपालिकाका १ हजार ५ सय ५० जना बालबालिकाको चेकजाचँ गर्दा आखाका ८२ जना र कानका ९८ जना बालबालिकाहरुको समस्या देखा परेको पाईएको छ । हिमाली गाउँपालिकाका ८ सय ६ जना बालबालिका मध्य २८ जनामा आँखाको समस्या र ५२ जना बालबालिकामा कानको समस्या भएको सेतोगुराँस बालबिकास सेवा बाजुराले जनाएको छ ।

आँखामा समस्या भएका बालबालिकाहरुका लागि नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल कैलाली संगको समन्वयमा चस्मा आबस्यक हुने बालबालिकाहरुलाई चस्मा बितरण गरिने बिश्व शिक्षाका कार्यक्रम अधिकृत प्रकाश बिनाडीले बताएका छन । गेटा आँखा अस्पतालले निशुल्क चस्मा दिने र केही समयमै आखाका बिरामीहरुलाई चस्मा उपलब्ध गराउने कार्यक्रम अधिकृत बिनाडीले बताए ।

बालबालिकाको परिक्षण गर्नुभन्दा पहिला ३ ओटै स्थानिय तहमा महिला स्वास्थ्य स्वंयम सेविका, प्रत्यक बिद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य संस्थाका इन्चार्जहरुलाई सामान्य आँखा र कानको परिक्षण सम्बन्धी प्रशिक्षण गराएको थियो । बालबालिकाहरुको समस्याका बारेमा अभिभावक र सामान्य चेकजाँजका लागि सहजताका लागि सो प्रशिक्षण गराएको सेतो गुराँस बालबिकास सेवा बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार