सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • खप्तड छेडेदह गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खप्तड छेडेदह गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • बिहिबार, माघ २६, २०७९
खप्तड छेडेदह गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

टेक बहादुर बुढा, बाजुरा – खप्तड छेडेदह गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिताको उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ ।
आज विहिवार एक अौपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दिल बहादुर रावतकाे प्रमुख अथितिमा रनिङ शिल्ड उद्घाटन गरिएको सुचना अधिकारी मिरा जाेशीले बताएकी छन ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताका लागी खेलाडी छनौट प्रक्रिया अन्तर्गत आजबाट खप्तड छेडेदह गाउँपालिकामा अन्तरमाबी खेलकुद प्रयोगिता सुरु हुन लागेकाे सुचना अधिकारी जाेशीले बताइन ।
विभिन्न विधाका लागी खेलाडी छनौट गर्नुपर्ने भएकाले आजबाट गाउँपालिकामा प्रतियोगिताको उद्घाटन गरिएकाे शिक्षा युवा तथा खेलकुद शाखा खप्तड छेडेदहले जनाएको छ ।No description available.

खप्तड छेडेदह गाउँपालिकाको आयोजना र मष्टेश्वरी माध्यमिक विद्यालय को सह-आयोजनामा उक्त प्रतियोगिता संचालन गरिएको हाे ।  ९ वटा माध्यामिक बिद्यालय रहेकाे खप्तड छेडेदह गाउँपालिकामा सबै माध्यामिक बिद्यालयबाट विभिन्न विधाका खेलाडीहरुको टिमले सहभागीता जनाउने शिक्षा शाखा प्रमुख गणेश पाैडेलले बडिमालिका खबरलाई जानकारी दिएका छन ।

मष्टेश्वरी मा वि डोगडीका विव्यस अध्यक्ष रामकृष्ण रावतको अध्यक्षतामा सञ्चालन गरिएको उक्त प्रतियोगितामा प्रमुख अतिथि खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत रहेका थिए । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विसु नाथ र निवर्तमान गाउँपालिका अध्यक्ष नर बहादुर रावत लगायत अन्य अथितिहरु रहेका थिए ।
खप्तड छेडेदह गाउँपालिका स्तरीय तेस्रो  राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकाकाे वडा नंः ५ स्थित पार्ताेला खेल मैदानमा भईरहेकाे बताइएकाे छ । No description available.

चर्चामा

सम्बन्धित समाचार