शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • किशोरीहरुका लागीे नेतृत्व सिप बिकास सम्बन्धी दुई दिने तालिम सम्पन्न

किशोरीहरुका लागीे नेतृत्व सिप बिकास सम्बन्धी दुई दिने तालिम सम्पन्न

  • शुक्रबार, माघ २०, २०७९
किशोरीहरुका लागीे नेतृत्व सिप बिकास सम्बन्धी दुई दिने तालिम सम्पन्न

बाजुरा — महिला बिकास मञ्च बाजुराकाे आयाेजनामा र GFF परियोजनाकाे आर्थिक सहयोगमा किशोरीहरुका लागि नेतृत्व सीप विकास सम्बन्धि दुई दिने तालिम मार्तडीमा सम्पन्न भएको छ ।
खप्तड छेडेदह गाउँपालिकाका किशोरीका लागीे याेजना प्रक्रिया पैरवी तथा नेतृत्व सिप विकास सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको महिला विकास मञ्च बाजुराले जनाएको छ । हिजाे विहिवार सुरु भएको उक्त तालिम आज शुक्रबार सम्पन्न भएको बताइएको छ ।

खप्तड छेडेदह गाउँपालिकाका १४ जना किशोरीहरु ७ जना किशोरी सहजकर्ता,र ७ वटै वडाका वडा स्तरीय बाल क्लबका अध्यक्षहरुको सहभागीता साे तालिम सञ्चालन भएको हाे । तालिमबाट सिकेका कुराहरुले किशोर किशोरीहरुमा नेतृत्व क्षमता बिकास हुने र किशोर किशोरीरुले उपयुक्त योजना छनोट गरी आफै योजना माग गर्न सकुन भन्ने उदेश्यका साथ उक्त तालिमको सञ्चालन गरिएको महिला बिकास मञ्च बाजुरा द्धारा सञ्चालितGFF परियोजनाका खप्तड छेडेदह गाउँपालिका सहजकर्ता देव बहादुर सेरालाले बताएका छन ।

उक्त कार्यक्रममा महिला बिकास मञ्च बाजुराकी कार्यकारी निर्देशक उजा बिष्ट, महिला बिकास मञ्च बाजुरा द्धारा सञ्चालित GFF परियोजना कार्यक्रममा निर्देशक कृष्ण दानी, सुआह्रारा पोषण बिज्ञ लोप बहादुर नेपालीले प्रशिक्षण गरेका थिए । उक्त परियोजना बिगत चार बर्ष खप्तड छेडेदह गाँउपालिकामा लागु भई परियोजनाले किशोरी सशक्तिकरण र बालबिवााह न्युनिकरण सम्बन्धि किशोरी कक्षा सञ्चालन गरिरहेकाे उक्त परियोजना खप्तड छेडेदह गाउँपालिकाका सहजकर्ता सेरालाले बताए । यस गैरसरकारी सस्थाले गाउँपालिकामा लागु भएदेखि हाल सम्म महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न कार्य गर्दै आएकाे सहजकर्ता सेरालाकाे भनाइ रहेकाे छ ।

अहिलेउक्त परियोजनाले गाउँपालिकाका ७ वटै वडाका किशोरीलाई एक ठाँउमा कक्षा सञ्चालन गरी ४० जना किशोरीलाई कक्षा दिईरहेकाे बताइएकाे छ । उक्त कार्यक्रममा किशोरी कक्षा पढ्दै आइरहेकी किशोरी, कक्षा पढाउने किशोरी, सहजकर्ता र बाल क्लवका अध्यक्षलाई तालिममा सहभागीता रहेको थियो । तालिम सदरमुकाम मार्तडी स्थित हिलटप होटेलमा सञ्चालन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार